काठमाडौँ । बानेश्वर प्रयाग मार्ग्स्थित ओम शान्ती होस्टेलको छतबाट खसेर चार वर्षीया बालिकाको आज विहान मृत्यु भएको छ ।
सर्लाही मलगंवा नगरपालिका १० घर भइ हाल सोही होस्टेलमा कर्मचारीको रुपमा कार्यरत सन्तोष कुमार कर्णकी ोरी साक्क्षकुमारी कर्णको होस्टेलको चारतलामाथि छतबाट खसेर मृत्यु भएको हो ।
महानगरीय प्रहरीका अनुसार, छतबाट एक्कासी जमिनमा पछारिएर गम्भीर घाइते भएकी बालिकालाई उपचारका लागि नागरिक अस्पताल मिनभवनमा लैजादै गर्दा मृत्यु भएको हो ।
अभिभावकहरुको लापरवाहीका कारण बालिका छतबाट खसेको भनाई प्रहरीको छ । घरको झ्याल तथा छतमा बालबालिकालाई एक्लो दोक्लो खेल्न नदिन र नराख्न प्रहरीले अभिभावकसंग आग्रह गरेको छ ।
यसैबीच, जयबागेश्वरी मन्दिर नजिक प्रतिक्षालयमा शंकरापुर नगरपालिका ३ जर्सिङपौवा घर भएका ६३ वर्षीय पूर्णबहादुर सुनुवार मृत अवस्थामा फेला परेका छन् ।
काभ्रे मण्डन देउपुर नगरपालिका ५ घर बताउने ७७ बर्षीय नानीबाबु पुरी पनि सोही ठाँउमा रहेको जंगलमा मृत अवस्थामा फेला परेकोप्रहरी जनाएको छ । उक्त घटनाको सम्वन्धमा अनुसन्धान भइरहेको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया