११ असार २०७९, शनिवार

आफ्नै कपाल खाने लतमा परेकी महिलाको पेटबाट निकालियो ‘कपालको बल’

२०७९,जेष्ठ,१८,बुधबार ११:५४

1.791k
Shares

न्युयोर्क । अमेरिकामा आफ्नै कपाल तानेर खाने लतमा परेकी एउटी महिलाको पेटबाट ठूलो ‘कपालको बल’ निकालिएको छ । उनको आन्द्राभित्र कपालको गुजुल्टो बेरिएर एउटा बल नै बनेको थियो ।

वाकवाक तथा बान्ता हुने र पेट अत्यधिक सुन्निएपछि उनी अमेरिकाको एउटा अस्पताल पुगेकी थिइन् । उनलाई खानेकुरामा रुची घटेको थियो, जसका कारण पछिल्लो ८ महिनामा उनको १५ पाउन्ड तौल घटेको थियो ।

नाम सार्वजनिक नगरिएकी ती महिलालाई जाँच गरेपछि चिकित्सकहरूले तत्काल शल्यक्रिया कक्षमा लगेका थिए । शल्यक्रिया गर्दा उनको पाँचन नलीमा एउटा कपालको गुजुल्टो फेला परेको थियो ।

कपालको सानो ‘पुच्छर’ उनको आन्द्रामा फसेको थियो । अर्को चार सेन्टिमिटर कपाल आन्द्रभित्र बेरिएको थियो । ३८ वर्षीया ती महिला दुर्लभ रापुन्जेल सिन्ड्रोमबाट पीडित भएको चिकित्सकले बताएका छन् ।

मेडिकल जर्नलमा प्रकाशित रिपोर्टअनुसार यस्तो सिन्ड्रोम भएका व्यक्तिले आफ्नै कपाल तान्छन र कतिपय अवस्थामा तानेको कपाल खाइदिन्छन् । पेटभित्र जम्मा भएका कपालले उनलाई नराम्रो असर गरेको थियो ।

उनमा वाकवाक हुने, बान्ता आउने, पेट फुल्ने र तौल घट्ने जस्ता लक्षण देखिएका थिए । शल्यक्रिया गरी पेटबाट कपालको ठूलो गुजुल्टो निकालेपछि उनी ६ दिनपछि अस्पतालबाट डिस्चार्ज भएकी थिइन् । चिकित्सकहरूले उनलाई मनोवैज्ञानिक थेरापी गर्न सुझाव दिएका छन् ।

युवतीलाई कुपोषणको उपचारसमेत गरिएको थियो । चिकित्सकले उनलाई अण्डा र कुखुराको मासुजस्ता प्रोटिनयुक्त खाना र दैनिक खानेकुरामा आइरन खान सुझाव दिएका छन् ।

प्रकाशित मिति: २०७९,जेष्ठ,१८,बुधबार ११:५४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । एउटा अनौठो घटनामा भारतको पश्चिमी मुम्बई सहरमा प्रहरीले नालीमा रहेको मुसाको पकडबाट ५ लाख भारु मूल्य बराबरको ५००

काठमाडौं । संसारमा यस्ता धेरै अनौठा ठाउँहरू छन् जसको बारेमा धेरै कमैलाई थाहा छ । संसारमा एउटा यस्तो गाउँ छ

अप्टिकल इल्युजनका तस्बिरहरू आजकाल सामाजिक सञ्जालमा धेरै देखिने गरेका छन् । यी तस्बिरहरु हेरेपछि तपाईँको दिमाग पक्कै पनि घुम्ने गरेको

थाइल्याण्ड । थाइल्यान्डका एक मानिसको घाँटीमा अड्किएको माछा निकाल्नका लागि आपतकालीन शल्यक्रिया भएको छ । सो माछा पानीबाट उफ्रिएर उनको

ताजा समाचार

बाढीले मेलम्चीमा रातभर तनाव
 २०७९,असार,११,शनिवार ०७:२१
प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा खड्का
 २०७९,असार,१०,शुक्रवार २१:१६