पहिरोको कारण तिन अलपत्र परेका यात्रुलाई विप्लव बन्दले फेरि सास्ती

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज घोषणा गरेको बन्दको कारण लामो दुरीमा यात्रा गर्ने यात्रुहरु मार्कामा परेका छन्।

पहिरोको कारण तिन दिनदेखी कर्णाली हाइवेमा अलपत्र परेका दर्जनौँ सवारी साधन बन्दको कारण अलपत्र परेका हुन्। तिन दिनपछि बाटो खुले पनि विप्लवको बन्दले अर्को एक दिन सास्ती भोग्नु परेको यात्रुहरु बताउँछन्। 

पहिरोको कारण जाममा परेको गाडीलाई समेत विप्लव कार्यकर्ताले तोडफोड गरेका थिए । शुभकालिका गाउँपालिका गगन खोलामा जाममा परेको  क १ ज १६ नम्बरको जिपलाई तोडफोड गरेको हुन् ।  सडक विभागले बाटो खुलाए पनि विप्लवको बन्दको गाडि चल्न सकेको छैन।  

पहिरोको कारण माउण्ट आबु हाल्फ म्याराथनमा भाग लिन भारतको राजस्थान हिँडेका जुम्लाका खेलाडी टोली चार दिनदेखि कर्णाली हाइवे मा अलपत्र परेको छन्। १९ तारिखमा सुरु हुने म्याराथानामा सहभागिता नै अनिश्चित भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?