झोलामा बम बोकेर जमलमा हिँडेका दुईलाई प्रहरीले समात्यो

काठमाडौं । काठमाडौंको जमलबाट प्रहरीले बमसहित दुई जनालाई पक्राउ गरेको छ । विप्लव माओवादीले गरेको बन्दका क्रममा पार्टीका कार्यकर्ता उषा किरण र तारा सञ्जाललाई जमलबाट प्रक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुले झोलामा बम बोकेर हिँडेको प्रहरीले बतायो ।

काठमाडौंका एसएसपी विश्वराज पोखरेलले दुई जनालाई पक्राउ गरिएको बताए । नेपाल बन्दलाई मध्यनजर गर्दै काठमाडौंमा २ हजारभन्दा बढी प्रहरी परिचालन गरिएको छ ।

भक्तपुर लगायत काठमाडौंका अन्य केही स्थानमा पनि बम फेला परेको थियो । भने बमलाई सेनाको टोलीले निष्क्रिय पारेको थियो ।

विप्लव माओवादीको समूहले प्रवक्ता खड्गबहादुर विश्वकर्मा लगायतका नेताको रिहाइको माग गर्दै नेपाल बन्द गरेको हो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?