भारतीय एसएसबीलाई तालिम दिने नेपालको प्रस्ताव

काठमाडौं । भारतीय अर्ध सैनिक बल सशस्त्र सीमा बल (एसएसबी) का अधिकारीलाई उच्च तहको तालिम दिन नेपालले प्रस्ताव गरेको छ ।

सशस्त्र प्रहरी बल नेपालले एएसबीका अधिकारीहरुलाई स्टाफ कलेज तालिम दिन प्रस्ताव गरेको हो । भारतको नयाँ दिल्लीमा हालै भएको ‘थर्ड कोअर्डीनेशन मिटिङ’मा महानिरीक्षक शैलेन्द्र खनालले समकक्षी एसएसबीका महानिर्देशक रजनीकान्त मिश्रालाई औपचारिक प्रस्ताव गरेका हुन् ।

भारत सरकारले स्विकृति दिएमा आउँदो वर्षदेखी बलको स्टाफ कलेजबाट भारतीय सुरक्षा अधिकारी समेत दिक्षान्त हुनेछन् । एसएसबीमा हालसम्म बलका ६९ सुरक्षाकर्मीले तालिम लिएका छन् ।

नेपाली सुरक्षा अधिकारी भारत गएजस्तै भारतीय सुरक्षा अधिकारी नेपाल आएर तालिम तथा अध्ययनगर्ने वातावरण बनाउन पहल सुरु भएको हो । नेपाली सेनाले मात्र हालसम्म विदेशी सैनिकलाई स्टाफ कलेज तालिम दिदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?