ससुराबाटै १० लाख बुझेर सम्वन्ध विच्छेद्

गुल्मी । गुल्मीकी एक महिलाले  विदेश गएका श्रीमान घर आउँन ढिला गरेपछि ससुराबाटै १० लाख रुपैयाँ बुझेर सम्वन्ध विच्छेद गरेकी छन् ।

आइतवार जिल्ला अदालत गुल्मीमा मुसिकोट नगरपालिका वडानम्वर–६ कुर्घाका ३५ वर्षिया राजु गौतमकी  श्रीमती  अनिता (नाम परिर्वतन ) ले मेलमिलापमा ससुरा टिकाराम गौतमसँग १० लाख रुपैयाँ बुझेर सम्वन्ध विच्छेद गरेकी हुन् । 

अदालतले उनको विवरण गोप्य राख्न आग्रह गरेको हो । विदेशबाट श्रीमान धेरै वर्षदेखि घर नआएको,  फोन उठाएपनि गाली गलौज गर्ने गरेको भन्दै ति महिलाले अदालतमा सम्वन्ध विच्छेदको मुद्धा दिएकी थिइन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?