टोकियो नजिक एक सहरको नाम हिन्दू धर्मसँग सम्बन्धित

एजेन्सी । जापानको राजधानी टोकियो नजिकको एक सहर ‘किचिजोजी’ नामको अर्थ लक्ष्मीको मन्दिर भन्ने हुन्छ । 

यो कुरा आईतबार भारतका लागि जापानी महावाणीज्य–दुत ताकायुकी कितागावाले दिएका हुन् ।

“तपाईहरुलाई आश्चर्य लाग्ला, टोकियो नजिक रहेको उक्त सहरको नामको सम्बन्ध हिन्दू धर्मसँग छ । जापानी भाषामा ‘किचिजोजी’को अर्थ लक्ष्मीको मन्दिर हुन्छ,” किताभावाले बेंगलुरुमा भएको एक विद्यार्थीहरुको भेलालाई बताए ।

कितागावाले जापानमा हिन्दू धर्मको उपस्थीतिको कुरा गर्ने क्रममा जापानमा अन्य स्थानहरुमा पनि थुप्रै हिन्दू मन्दिरहरु रहेको बताए ।

भारतीय विद्यार्थी उपस्थीत भएको भेलामा बोलिरहेका महावाणीज्यदुतले जापानी भाषा भारतीय उपमहाद्विपको प्राचिन भाषा सस्कृतबाट प्रभावित भएको बताउदै जापानी भाषाका धेरै शब्द संकृतबाट आएको बताए । 

“उदारणको लागि चामल र चुक अमिलो प्रयोग गरेर बनाइने जापानी चर्चित खाना ‘सुशी’ शारीबाट आएको हो जसको मुल संस्कृत शब्द‘जाली’ हो, जसको अर्थ चामल हुन्छ,” वाणिज्यदुतले भने ।
जापानी प्राज्ञहरुको अनुसार जापानी भाषाका ५०० जति शब्दको मुल संस्कृत वा तमिल शब्द हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?