कोशी नदीको सतहले खतराको संकेत नाघ्यो

काठमाडाैं : पूर्वी पहाडी जिल्लामा परेको अविरल बर्षाका कारण सप्तकोशी नदीको सतहले खतराको संकेत नाघेको छ । 

पानी पर्न नरोकिएको तथा साना खोलाबाट निस्केको बाढी सप्तकोशी नदीमा मिसिर्इरहेकाले सतर्क रहन सरकारले कोशी बेसिनका नागरिकलार्इ अनुरोध गरेको छ । 

जल तथा माैसम विज्ञान विभागका अनुसार अहिले कोशीको सिम्लेमा पानीको सतह ९.७३ मिटर पुगेको छ । कोशीमा १०.५ मिटर उचार्इलार्इ सतर्कता तह मानिन्छ । 

अहिले चुरे क्षेत्रमा पनि पानी परिरहेकाले प्रदेश नम्बर १ र २ का लालबकैया, सुनसरी, विरिङ, मेची, बढी, गागन र खाँडोलगायत साना नदीम पनि पानीको बहाब बढिरहेको विभागले जानकारी दिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?