काठमाडाैं : नेता तथा पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लार्इ प्रहरीले पक्राउ गरेको विरोधमा नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले अाब्हान गरेको गरेको बन्दमा नक्कली बम प्रयोग गरि प्रशासन र नागरिकलार्इ तर्साइएको खुलेको छ ।
मंगलबार बिहानैदेखि देशैभर बमजस्तो देखिने शंकास्पद बस्तु डिस्पोज गर्न कुदिरहेको प्रहरी र नेपाली सेनाको डिस्पोजल युनिटले फेला परेका अधिकांश शंकास्पद बस्तुहरू नक्कली बम भएको बताएका छन् ।
ललितपुरका तीनै ठाउँमा राखिएका बमहरू नक्कली रहेको प्रहरीले जानकारी दिएको छ । जिल्लाका बटुकभैरव, ताल्छिखेल र गुण सिनेमामा प्रेशरकुकरमा राखिएका शंकास्पद वस्तु भेटिएका थिए ।
''प्रेशर कुकर खरिद गर्न केही खर्च भयो, तर हामीले त्यसमा बम फिट गरेनाैं,'' विप्लव माअोवादीका एक कार्यकर्ताले भने ''जनधनको क्षति नहाेस् र राज्यलार्इ पनि दबाब पुगोस् भनि हामीले यो पटकको बन्दमा डमी बम मात्रै प्रयोग गरेका हाैं ।''
नेकपाले गरेको बन्दको प्रभाव देशका विभिन्न स्थानमा परेको छ । शैक्षिक संस्थाहरू बन्द भएका छन् भने केही सवारीसाधनमा अागजनी समेत भएको छ ।
मंगलबार बिहानैदेखि राजधानी काठमाडाैंलगायत देशका विभिन्न स्थानमा शंकास्पद बस्तु भेटिएका छन् । भक्तपुर र ललितपुरका विभिन्न सार्वजनिक स्थानमा नक्कली बिस्फोटक पदार्थ भेटिएको छ ।
बाजुराको बडीमालिका नगरपालिकाको कार्यालय परिसरमा शंकास्पद बस्तु भेटिएको छ भने विभिन्न जिल्लामा सवारी साधन चलेका छैनन् ।
यसैबीच, काठमाडाैं प्रहरीले नक्कली बम राख्दै हिँडेका २ जनालार्इ पक्राउ गरिएको जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया