विप्लवको बन्द : सतुंगलमा पनि बम भेटियो

काठमाडौं : चन्द्रागिरी नगरपालिका, सतुंगलस्थित सिप्रदी ट्रेडिङमा बम भेटिएको छ । 

बम निष्क्रिय पार्न अहिले नेपाली सेनाको बम डिस्पोजल युनिट घटनास्थल पुगेको छ । 

नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अाफ्ना प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) पक्राउको विरोधमा मंगलबार नेपाल बन्द घोषणा गरेको छ । 

मंगलबार बिहानैदेखि देशका विभिन्न स्थानमा बम र विस्फोटक पदार्थ भेटिएको छ भने सवारीसाधनमा अज्ञान व्यक्ति र समूहले अागजनी गरिररहेका छन् । 

भक्तपुरमा भेटिएको बमलार्इ नेपाली सेनाले निष्क्रिय पारेको छ । 

नवलपरासीको कावासोतीमा पराल बोकेको २ वटा ट्रकलार्इ अज्ञात समूहले जलाएको छ । 

राैतहटको चन्द्रपुरस्थित लच्कामा पनि बम भेटिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?