संसदीय समिति सभापति चयन भदौ ५ मा

काठमाडौँ-प्रतिनिधिसभाका विषयगत समितिको भदौ ५ गते सभापति चयन हुने भएको छ । सभामुख कृष्णबहादुर महराको निर्देशन अनुसार सङ्घीय संसद् सचिवालयले दशवटा समितिको नेतृत्व चयनका लागि सोमबार सूचना जारी गरेको हो । सचिवालयले विस्तृत कार्यतालिका भने सार्वजनिक गरेको छैन ।
प्रतिनिधिसभा नियमावली २०७५ को नियम १७५ अनुसार सचिवालयले विषयगत समितिको सभापति चयनको सूचना जारी गरेको हो । सूचना अनुसार भदौ ५ गते बिहान ११ बजे सभापति चयनको समय तोकिएको छ । सहमति नभएमा बहुमतीय प्रक्रियाबाट सभापति चयन हुनेछन् ।अाजकाे गाेरखापत्र दैनिकमा खबर छापिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?