काठमाडौं–सर्पको राजा ‘किङ कोब्रा’ (राजगोमन) को आणुवांशिक गुण (डीएनए) परीक्षण शुरु गरिएको छ । वंशाणुगत अवस्थिति, त्यसमा भइरहेको र हुन सक्ने सम्भावित परिवर्तन पत्ता लगाउन डीएनए परीक्षण शुरु गरिएको हो । अाजकाे नेपाल समाचारपत्र दैनिकमा खबर छापिएकाे छ ।
फरक भूगोलमा हुर्के बढेका कोब्राका समानता÷भिन्नता बुझ्न र अन्य वस्तुस्थिति पत्ता लगाउन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको स्वीकृतिमा ‘स्नेक कन्जरभेसन सोसाइटी नेपाल’ले चासो बढाएको हो । राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा कोब्राको डीएनए परीक्षण गरिएको हो । यस्तो अध्ययन मुलुकमै पहिलो भएको दाबी गरिएको छ ।
त्यहाँको प्रारम्भिक अध्ययन÷अनुसन्धानले नेपालको तराई र मध्य पहाडी भेगका किङ कोब्राको जिनमा समानता पाइएको छ । ‘
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया