बुटवल । नेकपा माओवादी विप्लव समूहले आह्वान गरेको नेपाल बन्दको पूर्वसन्ध्यामा बुटवलस्थित भारतीय भूतपूर्व सैनिक क्याम्पमा बिष्फोट भएको छ ।
बिष्फोटबाट क्याम्पको शौचालयमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय बुटवलका डिएसपी डिल बहादुर मल्लले घटनाको पुष्टि गर्दै शौचालयमा धेरैक्षति भए पनि मानवीय क्षति नभएको बताए ।
बिष्फोटको आवाज बुटवलको बजारसम्म फैलिएको स्थानीयले जनाएका छन् । डिएसपी मल्लले बिष्फोट कसले गराएको भन्नेबारे अनुसन्धान भैरहेको बताए ।
आफ्ना नेताहरु पक्राउ परेको भन्दै मंगलबार माओबादी विप्लव समूहले बन्द आव्हान गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया