पाकिस्तानमा ‘चायवाला’ ले जिते चुनाव, सम्पत्ति हेर्दा करोडौंका मालिक

पाकिस्तानमा हालै एक चुनाव भएको छ । जसमा एक चियावाला उम्मेद्वारले पनि विजयी हासिल गरेको छन् । उनले १८ अगस्तमा शपथ लिँदैछन् ।

६५ वर्षीय इमरान खानको पार्टी २५ जुलाईमा भएको आम चुनावमा सबैभन्दा ठूलो पार्टी बनेको छ । यसैबीच एउटा यस्तो खबर आएको छ कि, जसले धेरैलाई चकित पारिदिएको छ ।

चुनाव प्रचारको दौरान एक उम्मेदवारले चायवाला बताएका थिए । तर, अहिले उनको सम्पत्ति हेर्दा उनी करोडपति निस्केका छन् ।

यो खबरले सबैलाई चकित पारेको छ । गुल जफर खान, जसले चनाव जितेका थिए । उनी अहिले राष्ट्रिय सभाका सदस्य पनि बनिसकेका छन् । भारतीय जिओ समाचारका अनुसार चुनाव आयोगमा पेश गरेको कागजमा उनको सम्पत्ति ३ करोडको सम्पत्ति देखिएको छ ।

दस्ताबेजका अनुसार गल जफर खानको गार्मेन्टको व्यापार छ । उनको अचल सम्पत्ति १ करोडको छ भने २ घर र १ करोड २० लाख बराबरको सम्पत्ति हो । बताइएको छ कि, उनको सम्पत्ति १ लाख ८४ हजार रुपैयाँ बढी छ ।

उनको जीतलाई कतिले रमाइलोका साथ हेरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?