अमेरिका, जहाँ बलात्कारपछि जन्मिने बच्चाका बाबु बन्छन् बलात्कारी

सुन्दा अचम्म लाग्न सक्छ, अमेरिकाजस्तो देशका केही राज्यमा कुनै बलात्कार गर्ने बलात्कारीलाई बच्चाको बुबा बन्ने अधिकार दिइएको छ ।

अझ हैरान बनाउने कुरा त के छ भने, अमेरिकामा हरेक वर्ष ३२ हजारभन्दा बढी महिला बलात्कारका कारण गर्भवती बन्ने गर्छन् ।

अमेरिकाको चार राज्यमा यस्तो नियम छ, ती राज्यमा बलात्कारीलाई बलात्कारबाट जन्मिने बच्चाको पूर्ण अधिकार दिने गरिन्छ । यतिसम्म कि, यदि बच्चाकी आमाले बच्चालाई अरु कसैलाई धर्मपुत्रका रुपमा दिन चाहिन् भने बलात्कारीसँग इजाजत लिनुपर्छ ।

एउटा घटना

डेविन जब ४० वर्षका थिए, तब उनले १५ वर्षकी एक युवतीको बलात्कार गरे । र, ती युवती गर्भवती भइन् ।

अमेरिकाको मेरिल्याण्ड राज्यमा यसको बारेमा खासै ठूलो सजाय छैन । त्यसैले ती बलात्कारीलाई यौन शोषणसँग जोडिएको सामान्य सजाय मिल्यो ।

सजायपछि अहिले पनि ती युवतीबाट जन्मेको बच्चाको अधिकार ती बलात्कारी पुरुषसँग छ ।

डेरविन भन्छन्, ‘मैले चाहेँ भने, कोर्टमा गएर उक्त बच्चासँग समय बिताउने हक माग्न सक्छु ।’

उनलाई लाग्छ कि, उनले हक मागेपछि समस्या हुनेछ ।

डेरविनले जसलाई बलात्कार गरेका थिए, उनले आफ्नो नाम नबताउने शर्तमा भनिन् कि, ‘यी नियमको बारेमा भने केही थाहा छैन ।’

अब उनले कोर्ट गएर डेरविनको सारा अधिकार आफूतिर पार्ने सोचेकी छिन् । तर, यो काम त्यति सजिलो भने छैन ।

उनी भन्छिन्, ‘मसँग कानूनी लडाइँ लड्न लायक पैसा पनि छैन, तर पनि म लड्न चाहन्छु, म त्यो सब गर्नेवाला छु, जो मेरा छोराका लागि सही हुनेछ, तर अगाडि के हुन्छ भन्नेमा डर पनि लाग्ने गरेको छ ।’

अमेरिकाका जुन राज्यमा बलात्कार र उक्त घटनासँग जोडिएको कानून स्पष्ट छैन, त्यो बलात्कृत हुने महिलालाई आफूलाई बचाउन ठूलो मूल्य चुकाउनुपर्छ ।

अमेरिकन जर्नल अफ अब्स्टेट्रिक्स एड गाइनोकोलोजीको आँकडा बताउँछ कि, १२ वर्षदेखि ४५ वर्षका बीच महिला बलात्कारका कारण गर्भवती हुने गर्छन् । अहिले पनि अमेरिकामा बलात्कारीलाई बच्चाका पिता हुने हक दिने कि नदिने भनेर बहस चलिरहेको छ । यसमा एकरुपता भने देखिएको छैन ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?