काठमाडौं । मुलुकी अपराध (संहिता) ऐनको परिच्छेद १७ मा रहेको अपहरण वा शरिर बन्धक सम्बन्धी कसुर अन्र्तगत दफा २ सय ११ मा कोही कसैले कुनै व्यक्तिलाई अपहरण गर्न वा गराउन लागाउनेलाई कानुनी व्यवस्था गरिएको छ ।
दफा २ सय १२ मा शरीर बन्धन लिन नहुने व्यवस्था गरिएको छ । दफा २ सय १३ मा अपहरण वा शरीर बन्धक लिएमा हुने सजायको व्यवस्था गरिएको हो ।
‘कसैले ज्यान लिने, कुटपिट गरी चोट पु-याउने, जबर्जस्ती करणी वा अप्राकृतिक मैथुन गर्ने, मानिस बिक्री गर्ने वा दास बनाउने वा इच्छा विरुद्ध जवर्जस्ती काममा लगाउने, वेश्यावृत्तिमा लगाउने, यातना दिने, कुनै काम गर्न वा गराउन बाध्य गराउने, मुक्ति रकम लिने वा प्रचलित कानून बमोजिम कसूर हुने अन्य कुनै काम गर्न लगाउने उद्देश्यले दफा २११ वा २१२ बमोजिमको काम गरे वा गराएको भए सात वर्षदेखि दश वर्षसम्म कैद र सत्तरी हजारदेखि एक लाख रुपैयाँसम्म जरिबाना र त्यस बाहेक अन्य उद्देश्यले गरे वा गराएको भए तीन वर्षदेखि पाँच वर्षसम्म कैद र तीस हजारदेखि पचास हजार रुपैयाँ सम्म जरिबाना हुनेछ ।’ मुलुकी अपराध (संहिता) ऐनमा उल्लेख छ ।
यस्तै दफा २ सय १४ ले थप सजाय हुने व्यवस्था गरेको छ । अपहरणका साथै शरीर बन्धक लिने व्यक्तिलाई दश वर्षदेखि पन्ध्र वर्षसम्म कैद र एक लाखदेखि एक लाख पचास हजार रुपैयाँंसम्म जरिबाना हुने व्यवस्था गरिएको छ । साथै कसूर सङ्गठित रुपमा गरे गराएको रहेछ भने त्यस्तो गराउने व्यक्तिलाई थप दुई वर्ष कैद सजाय हुने थप व्यवस्था ऐनमा उल्लेख गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया