१३ असार २०७९, सोमवार

महिलालाई मारेको अभियोगमा भेडालाई तीन वर्ष जेल !

२०७९,जेष्ठ,११,बुधबार ०७:४३

1.125k
Shares

काठमाडाैं । एउटा अनौठो घटनामा दक्षिण सुडानमा एउटा भेडालाई एक महिलाको हत्या गरेको अभियोगमा तीन वर्ष जेल सजाय सुनाइएको छ । सुडानको आई रेडियोका अनुसार यस महिनाको सुरुमा दक्षिण सुडानमा ४५ वर्षीय अधियु चापिङलाई आक्रमण गरेपछि भेडालाई प्रहरी हिरासतमा लिइएको थियो ।

भेडाले चापिङलाई बारम्बार टाउकोमा हान्दा गम्भीर चोट लागेको थियो । गम्भीर चोटका कारण ४५ वर्षीया महिलाको तत्काल मृत्यु भएको थियो । रुम्बेक इस्टमा भएको सो घटनापछि भेडालाई पक्राउ गरी प्रहरी चौकीमा राखिएको थियो । मेजर एलियाह माबोरले भने, ‘मालिक निर्दोष छन र अपराध गर्ने भेडा नै हो, तसर्थ यो पक्राउ गर्न योग्य छ । ’

स्थानीय मिडिया रिपोर्टलाई उद्धृत गर्दै, लाडबिबलले जनाएको छ कि भेडाले सुडानको लेक राज्यको अडुएल काउन्टी मुख्यालयमा रहेको सैन्य शिविरमा अर्को तीन वर्ष बिताउनेछ । स्थानीय अदालतले भेडाका मालिक दुयोनी मन्याङ धालले पीडित परिवारलाई पाँच वटा गाई बुझाउनुपर्ने आदेश दिएको छ ।

प्रकाशित मिति: २०७९,जेष्ठ,११,बुधबार ०७:४३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । एउटा अनौठो घटनामा भारतको पश्चिमी मुम्बई सहरमा प्रहरीले नालीमा रहेको मुसाको पकडबाट ५ लाख भारु मूल्य बराबरको ५००

काठमाडौं । संसारमा यस्ता धेरै अनौठा ठाउँहरू छन् जसको बारेमा धेरै कमैलाई थाहा छ । संसारमा एउटा यस्तो गाउँ छ

अप्टिकल इल्युजनका तस्बिरहरू आजकाल सामाजिक सञ्जालमा धेरै देखिने गरेका छन् । यी तस्बिरहरु हेरेपछि तपाईँको दिमाग पक्कै पनि घुम्ने गरेको

थाइल्याण्ड । थाइल्यान्डका एक मानिसको घाँटीमा अड्किएको माछा निकाल्नका लागि आपतकालीन शल्यक्रिया भएको छ । सो माछा पानीबाट उफ्रिएर उनको

ताजा समाचार

राष्ट्रपति रनिङ शिल्ड असार १८ देखि
 २०७९,असार,१३,सोमवार २१:११