महोत्तरी । धनुषामा लुटेरा समूहले गोली प्रहार गर्दा एक जना घाइते भएका छन् । लुटेराहरुले गोली प्रहार गरी नगद तथा सुन लुटेका हुन् ।
जिल्लाको मिथिला नगरपालिका–८ स्थित जम्नीबासका पुष्पलाल श्रेष्ठलाई घाइते भएका हुन् ।
श्रेष्ठमाथि दुई गोली लागेको र अहिले उनको अहिले जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
हतियारसहित आएका लुटेरा समूहले श्रेष्ठको घरबाट साढे ६ तोला सुन, १५ तोला चाँदी र साढे २ लाख ५० नगदसमेत लुटेर लगेको छ ।
लुटपाटको क्रममा प्रतिकार गर्न खोज्दा लुटेरा समूहले गोली चलाएकोे प्रहरीको भनाइ छ ।
लुटपाटमा संलग्नहरुको खोजी भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया