१३ असार २०७९, सोमवार

चिडियाखानाको सिंहसँग हेरालु जिस्किएपछि…

२०७९,जेष्ठ,९,सोमवार १४:५५

972
Shares

किंग्सटन । जमैकामा एक चिडियाखाना हेरालुको औंला चुडाइँदिएको छ । एउटा भाइरल भिडियोमा डरलाग्दो क्षण कैद गरिएको छ, जहाँ मानिसले आफ्नो हात तानिरहेका देख्न सकिन्छ भने अर्कोतर्फ सिंहले समातिरहेको छ ।

भिडियो क्लिपमा चिडियाखानाका हेरचाहकर्ताले करिब १५ आगन्तुकहरूको अगाडि तारको जालीबाहिरबाट बिरालोलाई झैँ जिस्काएको देखिन्छन् । उनले सिंह गर्जिएको बेवास्ता गर्छन् र निरन्तर रुपमा उसलाई गिजाउछन् ।

उनले जिस्काइरहँदा सिंहले उनको औँला टोकिदिन्छ । औँला टोकिदिएपछि हात तान्न उनलाई निकै गार्‍हो भइरहेको देख्न सकिन्छ । अन्त्यमा सिंहले उनको औँला चुँडाइदिन्छ भने मानिस भुइँमा ढल्छन् ।

चिडियाखानामा आएका दशर्कहरूलाई देखाउने क्रममा दुःखद घटना भएको जमैका अब्जर्बरसँगको कुराकानीमा एक साक्षीले बताएका छन् ।

‘सुरुमा मैले यसलाई ठट्टाको रुपमा लिएकी थिए’ महिलाले भनिन् ‘यस्तो देखाउनु उनीहरूको काम होला भनेर मैले त्यसलाई गम्भीर रुपमा लिइन ।’ ती व्यक्तिको छालासहित चोर औँलाको जोर्नीसम्मको भाग सिंहले खाइदिएको उनले बताइन् । पछिल्लो घटनाले सिंहको सुरक्षा र कर्मचारीले गर्ने व्यवहारबारे चासो बढेको छ ।

हेर्नुहोस् भिडियो :

प्रकाशित मिति: २०७९,जेष्ठ,९,सोमवार १४:५५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । एउटा अनौठो घटनामा भारतको पश्चिमी मुम्बई सहरमा प्रहरीले नालीमा रहेको मुसाको पकडबाट ५ लाख भारु मूल्य बराबरको ५००

काठमाडौं । संसारमा यस्ता धेरै अनौठा ठाउँहरू छन् जसको बारेमा धेरै कमैलाई थाहा छ । संसारमा एउटा यस्तो गाउँ छ

अप्टिकल इल्युजनका तस्बिरहरू आजकाल सामाजिक सञ्जालमा धेरै देखिने गरेका छन् । यी तस्बिरहरु हेरेपछि तपाईँको दिमाग पक्कै पनि घुम्ने गरेको

थाइल्याण्ड । थाइल्यान्डका एक मानिसको घाँटीमा अड्किएको माछा निकाल्नका लागि आपतकालीन शल्यक्रिया भएको छ । सो माछा पानीबाट उफ्रिएर उनको

ताजा समाचार

राष्ट्रपति रनिङ शिल्ड असार १८ देखि
 २०७९,असार,१३,सोमवार २१:११