काठमाडाैं : १६ हजार भन्दा बढि अावेदकले सिटिजन्स बैंकको एफपीअो नपाउने भएका छन् ।
४ लाख ६३ हजार ८ सय २६ कित्ता शेयरका लागि १३ गुणा बढि अावेदन परेको छ । ६२ हजार ४ सयभन्दा बढि अावेदकले अावेदन गरेकाले कम्तिमा १६ हजार अावेदकहरू खाली हात हुनुपर्ने भएको हो ।
धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिकाबमोजिम सवै अावेदकलार्इ १० कित्ताका दरले शेयर बाँडफाँट गर्नुपर्नेमा यसो गर्दा पनि अावेदक संख्या बढि भएकाले १६ हजार अावेदकले शेयर नपाउने बिक्री प्रबन्धक ग्लोबल अार्इएमर्इ क्यापिटलले जानकारी दिएको छ ।
अब निर्देशिकाअनुसार शेयर बाँडफाँट गर्दा ४६ हजार ३ सय ८२ जनाले गोलाप्रथाबाट १० कित्ता एफपीअो प्राप्त गर्नेछन् । सिटिजन्सको एफपीअोमा अावेदन गर्ने म्याद शुक्रबार नै समाप्त भएको छ । प्रतिकित्ता २ सय रूपैयाँमा एफपीअो जारी गरेकाले पनि अावेदकको संख्या अधिक रहेको देखिएको हाे ।
सिटिजन्सले ९ करोड २७ लाख ६५ हजार २ सय रूपैयाँ बराबरको एफपीअो निष्काशन गरेको हो । तर, १ अर्ब २१ करोड ११ लाख रूपैयाँ बराबरको अर्थात ६० लाख ५५ हजार ५ सय कित्ताका लागि अावेदन परेको छ।
एफपीअो बिक्रीपछि सिटिजन्सको चुक्ता पूँजीमा ४ करोड ६३ लाख र जगेडा कोषमा पनि यही परिमाणको रकम थपिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया