‘हाम्रो साइकल यात्रा’ र्‍याली सम्पन्न

लोकपथ
182
Shares

काठमाडौं । कोकाकोला फाउन्डेसन नेपाल र बोटलर्स नेपाल लि, किएसन र रिसाइक्लर साथीले ३० अप्रिल २०२२ मा हाम्रो साइकल यात्रा र्‍यालीको आयोजना गर्‍यो । ललितपुरको जावलाखेल वीरेन्र साललकबाट सुरु भएको र्‍याली धोबीघाट, सानेपा, बखुण्डोल, पुल्चोक इन्जीनियरिङ कलेज हुँदै पाटनढोका पुगेर नागबहालमा समापन भएको थियो ।

हाम्रो साइकल यात्रा #Dignityforall हरेक वर्ष फोहोरमैला कामदारहरूलाई सार्वजनिक रूपमा सम्मान गर्न र हाम्रो वातावरण सफा र स्वस्थ राख्नमा उनीहरूको उल्लेखनीय संलग्नताको प्रशंसा गर्न आयोजना गरिन्छ ।

गोपालप्रसाद अर्याल, वातावरण विभाग, क्रिएसनका सद्भावना दूतहरू अभिनेत्री केकी अधिकरी, लगायतको उपस्थिति थियो। साइकल र्‍यालीमा करिब २५० जना सहभागी भएका थिए। र्‍यालीपछिको स्वास्थ्य शिविरमा फोहोरमैला कामदारहरूको निशुल्क स्वास्थ्य, आँखा र दाताको पनि परीक्षण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?