१५ ग्यास पसलमाथि कारबाही

लोकपथ
7
Shares

ग्यासको कृत्रिम अभाव गर्ने व्यापारीविरुद्ध कारबाही हुन थालेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पछिल्लो साता ग्यास लुुकाएको गुुनासोका आधारमा अनुुगमन गरेर ग्यास लुकाउने १५ वटा ग्यास पसललाई कारबाही गरेको हो ।
कारबाही गरिएकामध्ये आठवटा पसललाई आर्थिक जरिवाना गरिएको अरू ग्यास पसल सञ्चालकलाई कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको विभागका सूचना अधिकारी धनेश्वर पौडेलले जानकारी एि । ग्यास लुकाएको सूचनाका आधारमा अनुगमन गर्दा ग्यास पसल सञ्चालक कारबाहीमा परेका हुन् । कारबाहीमा पर्नेमध्ये अधिकांशले अनुगमनका क्रममा पसल बन्द गरेर असहयोग गरेको कसुरमा कारबाही गरिएको सूचना अधिकारी पौडेलले जानकारी दिए । विभागले बिहीबार काठमाडौँ महानगरपालिका–३२ मा रहेको खाद्य तथा ग्यास अनुुगमन गर्ने क्रममा ती पसलले ग्यास लुुकाएर उपभोक्तालाई नदिएको पाइएपछि २० हजार रुपियाँ जरिवाना गरिएको थियो गोरखापत्रमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?