२०७९ सालको वार्षिक राशिफल : हेर्नुहोस् तपाईँको भाग्य

लोकपथ
2.1k
Shares

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

यो वर्ष मेष राशि हुनेहरूका लागि शुभफल प्राप्त हुनेछ । वर्षभरि नै शनिको अनुकूल प्रभाव रहनेछ । राज्यसँग नजिक भई गरिने कामहरू जस्तैः राजनीति, समाजसेवा, ठेक्कापट्टा तथा कन्स्ट्रक्सनको क्षेत्रमा समय दिनेहरूका लागि यो वर्ष फलदायी रहनेछ । बहुमूल्य धातु तथा सवारीसाधन जोड्न सकिनेछ । भूमि तथा खनिज पदार्थ तथा प्राकृतिक स्रोत साधनको व्यापार–व्यवसायबाट प्रशस्त आम्दानी हुनेछ ।

दाजुभाई तथा बन्धुबान्धबबाट भरपुर सहयोग पाइने तथा स्त्री वर्गबाट सहयोग पाइनेछ । शत्रु परास्त हुनेछन् भने न्यायिक निर्णयहरू तपाईँ आफ्नै पक्षमा हुनेछन् । कानुनको व्याख्याता तथा कानुनको क्षेत्रमा रही काम गर्नेहरूले आफ्नो कामदेखि सन्तुष्टि हुने तथा प्रशस्त धन आर्जन गर्नेछन् ।

वर्षभरि नै व्यापार भावमा केतुको गोचर भने मध्यम रहनेछ । साझेदारी व्यापारमा मनमुटाव सिर्जना हुनेछ । भौतिक सम्पत्ति हराउने, सवारीसाधनको प्रयोग तथा परिचालन गर्दा दुर्घटना हुने योग रहेको छ । आर्थिक मन्दी तथा काममा ढिलासुस्तीको चपेटामा परिनेछ । घर–परिवारमा जीवनसाथीसँग मनमुटाव बढ्ने तथा आत्मीयजनसँग छुट्टिनुपर्दा मन खिन्न हुनेछ । स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढेर जानेछ ।

खर्च भावमा बृहस्पतिको गोचर प्रतिकूल रहनेछ । आर्थिक क्रियाकलापमा मन्दी आउनेछ भने काममा अवरोध, तीव्र आलोचना, परिवारमा मतभेद रहनेछ । स्वास्थ्यमा समस्या आई औषधि उपचारखर्च बढेर जानेछ । तर पनि प्रयत्न गर्दा इन्जिनियरिङ, दुध तथा दुग्ध पदार्थ, गोताखोर, वैज्ञानिक शोध, लेखन, कला साहित्य, मनोरञ्जन, हाँस्यविधा, अध्ययन–अध्यापन, योगध्यान, अध्यात्मजस्ता क्षेत्रमा काम गर्नेहरूका लागि यो वर्ष राम्रो रहेको छ । प्रेमसम्बन्धहरू विवाह बन्धनमा बाँधिने गतिलो योग रहेको छ ।

स्कुल, कलेज, कन्सल्टेन्सी, फार्मेर्सी, अस्पताल, ट्राभलजेस्सी, तरल पदार्थ, हाइड्रोपावर, अनलाइन व्यापार, प्राकृतिक स्रोत साधनको व्यापार–व्यवसायमा समय लगानी गर्नेहरूले प्रशस्त रुपैयाँ पैसा कमाउन सक्नेछन् भने लगानी बढाउने अवसर जुट्नेछ ।

असार १८ गतेबाट साउन ३१ गतेसम्म राशि स्वामी मंगलले केन्द्रमा बसेर रुचक योगको निर्माण गर्ने हुनाले आँट, साहस तथा पराक्रममा वृद्धि भएर जानेछ । घरजग्गा जोड्ने तथा हार्डवयेर, फलामको व्यवसाय फस्टाएर जानेछ । मंगलको प्रभावले छोटो तथा लामोदूरीको यात्रा हुनेछ । पढाइका अलावा अतिरिक्त क्रियाकलापमा भाग लिई मनग्गे लाभ लिन सकिनेछ ।

आर्थिक तथा स्वास्थ्यका दृष्टिले जेठ, भदौ, पौस र माघ महिना उत्कृष्ट रहेका छन् । विधिपूर्वक बृहस्पतिको लागि माता बंगलामुखीको पूजा, आराधन तथा दर्शन र शनिको लागि मंहाकाल मन्दिरको दर्शन तथा मन्त्रजप र पीपलमा जल चढाउनाले लाभ मिल्नेछ ।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)

वृष राशि भएका व्याक्तिहरूका लागि समग्रमा वर्ष २०७९ शुभ रहनेछ । वर्षभरि नै लाभ भाव बृहस्पतिको अनुकूल प्रभावले विशेष गरी स्कुल, कलेज, कन्सल्टेन्सी, पर्यटन, होटल व्यवसाय, सेयर बजार र बैंक तथा वित्तीयजस्ता क्षेत्रमा गरिएको लगानी फस्टाएर जानेछ भने व्यापार–व्यवसायकै सवालमा लामोदूरीको यात्राको तय गर्न सक्नेछ ।

भाग्यले प्रेमपात्र जुराउनेछ भने माया प्रेम गर्ने जोडीहरूको आफ्नो प्रेमसम्बन्ध विवाहमा परिणत हुनेछ । प्राय वर्षभरि नै बृहस्पतिको दृष्टि सन्तान भावमा पर्ने हुनाले वंश वृद्धिको गतिलो योग रहेको छ ।

वर्षभरि नै भाग्य र राज्य भावमा शनिको गोचर शुभ रहनेछ । नोकरीमा प्रवेश, पदोन्नति तथा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेको छ । न्यायालयबाट हुने न्यायिक निर्णयहरू तपाईँकै पक्षमा हुनेछन् भने लामो समयदेखिको विवाद अन्य हुनेछ । समाजमा विशिष्ट तथा उच्च पदाधिकारीसँग घनिष्ट सम्बन्ध बनाई राम्रा तथा परिणाममुखी काम गर्न सकिने हुनाले मानसम्मान तथा इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ ।

राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूले कूटनीतिक क्षेत्रमा प्रगति गर्ने तथा लामोदूरीको अफिसियल यात्रा हुनेछ । कम्प्युटर पाट्र्स, इलेक्ट्रिक सामान, घरजग्गा, ईन्जिन, हार्डवयेर, फेक्ट्री तथा उत्पादनमुखी व्यवसाय विगतभन्दा फस्टाएर जानेछ । त्यस्तै सबैखाले पेसा व्यवसायमा विशेषगरी निर्माणसामग्री, औषधि र गाडी वा इन्जिनसम्बन्धी सामानको व्यापार–व्यवसाय गर्नेहरूका लागि शनिले साथ दिनेछ ।

विद्यार्थीहरूमा तार्किक क्षमतामा वृद्धि हुनेछ भने अध्ययनमा एक कदम अगाडि बढी नतिजा आफैँतिर ल्याउन सकिनेछ । कानुन विषय लिई अध्ययन गर्ने विद्यार्थीहरूका लागि न्याय क्षेत्रमा प्रवेश गर्नको लागि समय उत्तम रहनेछ । टेक्निकल विषय जस्तैः मेकानिकल इन्जिनियर, फार्मेसी, डाक्टर, पाइलट र भूगोलसम्बन्धी अध्ययन गर्ने विद्यार्थीका लागि समयले साथ दिनेछ । लेखनकला, साहित्यको क्षेत्रमा कलम चलाउनेहरूका लागि यो वर्ष उत्तम रहनेछ ।

वर्षभरि नै राहु र केतुको गोचर शुभ रहनेछ । विदेश भावमा गोचर गर्ने राहुको प्रभावले विदेशी वा कूटनीतिको क्षेत्रमा काम गर्न चाहनेहरूका लागि समयले साथ दिनेछ । पराराष्ट्र, एनजीओ, आईएनजीओ, विदेशी सामानको व्यापार–व्यवसाय र विदेशी सामानको व्यापार गर्नेहरूले प्रशस्त रुपैयाँ पैसा कमाउनेछन् ।

कामकै सवालमा अफिसियल यात्राको प्रशस्त सम्भावना रहेको छ । प्रतिस्पर्धा भावमा गोचर गर्ने केतुको शुभ प्रभावले नोकरी वा राजनीतिमा हुने प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै चाहेको उपलब्धि हासिल गर्न सकिनेछ ।

राशि स्वामी शुक्र असार ०३ गतेबाट असार २७ गतेसम्म राशि भावमा स्वगृह भई मालव्य नामको पञ्चमहापुरुष योगको निर्माण गर्ने शुक्रले घरजग्गा तथा सवारीसाधन विलासी वस्तु जोड्न सकिनेछ ।

आर्थिक दृष्टिले साउन, कात्तिक, फागुन तथा चैत महिना उत्कृष्ट रहेको छ । प्रत्येक शुक्रबार ईन्द्रयणी देवीको दर्शन, पूजा आराधना गर्नाले र राहु र केतुको नकारात्मक प्रभावबाट बच्नको लागि आइतबार भैरवको दर्शन र पूजा गर्नाले तपाईँका दिनहरू थप फलदायी रहनेछन् ।

मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा)

मिथुन राशि हुनेहरूका लागि यो वर्ष मिश्रित फल प्राप्त हुनेछ । माघ २७ गतेसम्म अढैया शनिको प्रभावले कुनै पनि मुद्दा मामिला तथा विवादमा सहभागी भए हारिने सम्भावना रहेको छ भने न्यायिक निकायबाट हुने न्यायिक निर्णयहरू तपाईँको पक्षमा नआउन सक्छ । साझेदारी व्यवसायमा साझेदारहरूबीच नै सैद्धान्तिक राय बाजिनेछ भने भौतिक सम्पत्तिको छिनोफानो गर्न अदालतको सहारा लिनुपर्नेछ ।

जण्डिस, सुगर, मोटोपन, उक्त रक्तचाप, पत्थरी तथा मिर्गौलाजस्ता रोगबाट पीडित हुनेहरूले आफ्नो स्वास्थ्यको विशेष ख्याल गर्नुहोला । प्रेम सम्बन्धमा चिसोपनको विकास हुनेछ भने जीवन साथीसँग मनमुटाव सिर्जना हुनेछ ।

लामोदूरीको कष्टकर यात्रा हुनसक्छ ध्यान दिनुहोला । जन्मकुण्डलीमा शनि र राहु प्रतिकूल हुनेहरूलाई झुटा आरोप, काममा विलम्ब, आर्थिक कठिनाइ, मानहानीजस्ता समस्या आइरहनेछन् । तरपनि जन्मकुण्डलीमा शनि स्वगृह, उच्च तथा चिनाको ३, ६, ११ भावमा भए शनिको अढैया शुभ रहनेछ ।

वर्षभरि राज्यभावमा गोचर गर्ने बृहस्पतिको अनुकूल प्रभावले स्कुल, कलेज, मन्टेश्वरी, बैक तथा वित्तीय क्षेत्रमा थप लगानी गर्ने वातावरण बन्नेछ भने शिक्षा तथा बैक तथा वित्तीय क्षेत्रमा काम पाउने तथा बढुवा हुनेछ । खोज तथा अनुसन्धानको क्षेत्र तथा पढाइलेखाइबाट भनेजस्तो नतिजा निकाल्न सकिनेछ । आफूलाई मन परेको मानिससँग वा पति–पत्नीका साथ रमाइलो यात्राको तय गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा समय खर्चनेहरूका लागि समय उत्तम रहेको छ भने जनताको समर्थन प्राप्त हुनाले पद प्राप्त हुनेछ ।

अर्कोतर्फ वर्षभरि नै लाभ भावमा राहु र विद्या भावमा केतुको गोचर शुभ रहनेछ । विद्या भावमा गोचर गर्ने केतुले टेक्निकल विषयको अध्ययन तथा कामको सिलसिलामा लामोदूरीको यात्रा हुनेछ भने लाभ भावको राहुले एनजीओ, आईएनजीओ, विदेशी लगानीबाट सञ्चालित सस्था, कन्सल्टेन्सी र मेनपावरजस्ता क्षेत्रबाट राम्रै लाभ लिन सकिनेछ ।

राशि स्वामी बुध असार १५ गतेबाट असार ३० गतेसम्म, भदौ ०४ गतेबाट कात्तिक १५ गतेसम्म र असोज १७ गतेबाट कात्तिक ०८ गतेसम्म सुख भावमा स्वगृह भएर भद्र नामको पञ्चमहापुरुष योगको निर्माण गर्ने हुनाले घर–जग्गा तथा सवारीसाधन जोड्न सकिनेछ भने राजनीति तथा सामाजिक कामबाट पद तथा प्रतिष्ठा पाइने योग रहेको छ । कन्फिडेन्ट पावरमा वृद्धि हुनेछ भने थोरै बोलेर धेरै कामहरू गर्न सकिनेछ ।

प्रतिकूल समयमा शनिको मन्त्रजप तथा भटुक भैरव तथा माता बंगालामुखीको भक्तिभावका साथ पूजा तथा आरधाना गर्नाले लाभ मिल्नेछ । आर्थिक दृष्टिले वैशाख, भदौ, मंसिर र चैत महिना उत्कृष्ट रहनेछ ।

कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो)

बृहस्पतिको अनुकूल प्रभावको कारणले रोकिएका काम थोरै समय दिएर सम्पादन गर्न सकिनेछ । धर्मकर्म तथा परोपकारी काममा प्रवृत्त भइनेछ । अध्ययनले नयाँ गति लिनेछ अध्ययनकै सवालमा लामोदूरीको यात्राको तय गर्न सकिनेछ भने स्वदेश फर्किनेहरूलाई उपयुक्त वातावरण बन्नेछ । व्यवसायमा उल्लेख्य प्रगति हुनेछ । प्रयत्न गर्दा नोकरी पाइनुका साथै दाम, इनाम र प्रतिष्ठा कमाउन सकिनेछ ।

भाग्यले मन मिल्ने प्रेमपात्र जुराउनुका साथै गृहस्थीको बलियो जग बस्नेछ । सन्तानका माध्यमबाट सुख प्राप्त हुनेछ । कृषि तथा पशुपालन व्यवसायलाई समयसापेक्ष आधुनिकीकरण गरी प्रशस्त आम्दानी गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा समय खर्चिनेहरूले राज्यबाट पद प्राप्त गर्न सक्नेछन् । वंश वृद्धिको गतिलो योग रहेको छ भने सन्तानको प्रगतिमा मन रमाउनेछ ।

माघ २७ गतेसम्म शनि व्यापार भावमा शश नामको पञ्चमहापुरुषको योग निर्माण गर्ने हुनाले उत्पादनमुखी व्यवसाय फस्टाएर जानेछ । सवारीसाधन, फलाम तथा हार्डवयेरसँग सम्बन्धित कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।

कानुनको व्याख्याता तथा कानुनको क्षेत्रमा रही काम गर्नेहरूले आफ्नो कामदेखि सन्तुष्टि हुने तथा प्रशस्त धन आर्जन गर्नेछन् । ठेक्कापट्टा तथा कन्स्ट्रक्सनको क्षेत्रमा समय दिनेहरूका लागि यो वर्ष फलदायी रहनेछ । सामाजिक मर्यादा तथा नीति निययको पालन गरी काम गर्ने अवसर प्राप्त हुनेछ भने राज्यबाट पद प्राप्तिको गतिलो योग रहेको छ । तर पनि पारिवारिक सम्बन्ध र अन्य घरायसी सम्बन्धहरूमा खटपट हुने योग बन्नेछ ।

साझेदारी व्यवसाय गर्दा ध्यान दिनुहोला । माघ २८ बाट शनिको अढैयाको प्रभाव पर्ने हुनाले काम, क्रोध आदि प्रवृत्ति देखा पर्नुका साथै जन्मकुण्डलीमा शनि प्रतिकूल हुनेहरूलाई झुटा आरोप, कार्यबाधा, आर्थिक कठिनाइ, मानहानीजस्ता समस्या आइलाग्नेछन् । आलोचक बढ्नाले काम रोकिनेछ । तर पनि जन्म कुण्डलीमा शनि उच्च, स्वगृह, मित्रगृह तथा कुण्डलीमा ३, ६ ११ भावमा भए शुभफल प्राप्त हुनेछ ।

वर्षभरि नै कर्म भावमा गोचर गर्ने राहुले प्राकृतिक स्रोत तथा पैत्रिक सम्पत्तिको परिचालनमार्फत मनग्गे लाभ लिन सकिनेछ । नयाँ काम पाउने, पदोन्नति हुने तथा सुगम स्थानमा स्थानान्तरणको गतिलो योग रहेको छ । कूटनीति तथा राजनीति क्षेत्रमा समय लगानी गर्नेहरूका लागि समयले साथ दिने हुँदा राज्यबाट पद पाउने, नाम तथा दाम दुवै कमाउने ग्रहयोग रहेको छ । तर पनि केतुको गोचर भने शुभ रहन्न, घरजग्गा किन्दा वा सवारीसाधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

आर्थिक तथा स्वास्थ्यका दृष्टिले वैशाख, जेठ, असोज, मंसिर महिना राम्रो रहेको छ । बंगलामुखी देवीको पूजा तथा आराधना तथा शनिबार विष्णु भगवान्को पूजा तथा पपिलमा जल चडाउँदा लाभ मिल्नेछ । राहु तथा केतुको नकारात्मक प्रभावबाट बच्नको लागि बटुक भैरबको पूजा तथा आराधना गर्नुहोला ।

सिंह (मा, मी, मु, मे, मो, टा, टी, टु, टे)

वर्षभरि नै कष्ट भावमा गोचर गर्ने बृहस्पतिको प्रतिकूल प्रभावले घर–जग्गा, हाउजिङ तथा सवारीसाधनको कारोबार तथा खरिद बिक्रीमा मन्दी आउनेछ । स्वास्थ्य सम्बन्धी समस्या देखिन सक्छ ध्यान दिनुहोला । सेयर बजार तथा सट्टाको व्यवसायबाट सन्तोषजनक आम्दानी गर्न सकिनेछ । पुराना समस्या दोहोरिने तथा घर व्यावहारको समस्याले आर्थिक उन्नती गर्न सकिने छैन ।

तरपनि प्रतिस्पर्धा र व्यापार भावमा गोचर गर्ने शनिको अनुकूल प्रभावले उत्पादनमूखी व्यवसाय फस्टाएर जानेछ । सवारीसाधन, फलाम तथा हार्डवयेरसँग सम्बन्धित कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । सत्रु परास्त हुनेछन् भने न्यायिक निर्णयहरू तपाईँ आफ्नै पक्षमा हुनेछन् ।

कानुनको व्याख्याता तथा कानुनको क्षेत्रमा रही काम गर्नेहरूले आफ्नो कामदेखि सन्तुष्टि हुने तथा प्रशस्त धन आर्जन गर्नेछन् । ठेक्का पट्टा तथा कन्ट्रक्सनको क्षेत्रमा समय दिनेहरूका लागि यो वर्ष फलदायी रहनेछ । सामाजिक मर्यादा तथा नीति निययको पालन गरी काम गर्ने अवसर प्राप्त हुनेछ भने राज्यबाट पद प्राप्तिको गतिलो योग रहेको छ । मामा तथा मावली पक्षबाट सहयोगको अपेक्षा गर्न सकिनेछ ।

वर्षभरि नै राहु र केतुको गोचर शुभ रहने हुनाले लामोदूरीको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । दाजुभाइ तथा छिमेकीसँगको सम्बन्धमा सुधार भएर जानेछ । विदेशी लगानीबाट सञ्चालित सस्थामा काम पाउने वा बढुवा हुने योग रहेको छ । पराराष्ट्र, एनजीओ, आईएनजीओमा तपाईँको उच्चस्तरको सहभागिता हुनेछ भने अफिसियल यात्राको प्रशस्त सम्भावना रहेको छ ।

प्रतिकूल समयमा अशुभ ग्रहको शान्ति र आफ्ना इष्टदेवताको पूजा–आराधना गर्दा मन विकाररहित हुनेछ र सम्भावित समस्या टर्नेछन् । बंगलामुखी देवीको पूजा तथा आराधना तथा शनिबार विष्णु भगवान्को पूजा तथा पीपलमा जल चढाउँदा लाभ मिल्नेछ । आर्थिक दृष्टिले जेठ, असार, भदौ, कात्तिक र माघ महिना राम्रो रहेको छ ।
कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो)

कन्या राशि हुनेहरूका लागि वर्षको समय मिश्रित रहनेछ । माघ २७ गतेसस्म विद्या, बुद्धि र सन्तान भावमा गोचर गर्ने शनिले घरेलु समस्यासँग संघर्ष गर्नुपर्ला । शनिको प्रभावले मन अशान्त रहनेछ भने सगोलको सम्पतिमा भागबन्डा लाग्न सक्छ । बाँडफाँटको विवादले साझेदारीमा समस्या निम्त्याउने हुँदा एकल अवधारणातर्फ अग्रसर भइनेछ । विद्रोहीहरूको दबाब र झमेला बढ्ने योग रहेको छ । व्यक्तिगत र सामाजिक अनुशासन पालना नगर्दा स्वास्थ्य बाधा र कर्मबन्धनका उल्झनले सताउनेछन् ।

जन्मकुण्डलीमा शनि प्रतिकूल हुनेहरूलाई सदाचारमा नरहँदा आलस्य, ढिलासुस्ती, अध्ययन र खानपानमा अरुचि, कार्यबाधा र अर्थहानीजस्ता समस्या आउनेछन् । सन्तान तथा आफन्तसँग घरायसी कुरामा राय बाझिने वा विवाद हुनेछ । माघ २८ गतेबाट शनिको प्रभाव शुभ रहने हुनाले नोकरीमा पदोन्नति तथा सुगम स्थानमा स्थानान्तरणको गतिलो योग रहेको छ ।

त्यस्तै बृहस्पतिको अनुकूल प्रभावले सेयर बजार, स्कुल, कलेज, सहकारी, इन्स्योरेन्स, बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित व्यवसायमा समय खर्चनेहरूका लागि समय उत्तम रहेको छ । बौद्धिक क्षेत्रमा सामेल भई आफ्नो तार्किक भनाइ प्रस्तुत गर्ने अवसर जुर्नेछ । नाफामुखी व्यवसाय र सेवामुखी व्यवसाय फस्टाएर जानेछ ।

प्रयत्न गर्दा राजनीति तथा समाजसेवामा जनताको मन जित्न सकिनेछ । कृषि तथा पशुपालन व्यवसायलाई समयसापेक्ष आधुनिकीकरण गरी प्रशस्त आम्दानी गर्न सकिनेछ । प्रेम सम्बन्धहरूलाई विवाहमार्फत घर गृहस्थीमा सुचारु गर्न सकिनेछ । वंश वृद्धिको गतिलो योग रहेको छ भने घर–परिवारमा मांगलिक कामहरू हुनेछन् ।

कष्ट भावमा राहुको स्थानान्तरणले स्वास्थ्यमा बाधा, चोटपटक र अर्थहानीजस्ता समस्या देखा पर्न सक्छन् । उपलब्धि र भोगाधिकारलाई जोगाइराख्न पनि विशेष सजगता अपनाउनुपर्नेछ । भौतिक सम्पत्ति तथा सवारीसाधनको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घटना नघट्ला भन्न सकिन्न । कुटुम्ब भावमा वर्षभरि नै गोचर गर्ने केतुले कुटुम्ब तथा आफन्तसँग लामो समयदेखि गरिरहेको काममा मनमुटाव सिर्जना भई काम छोड्नुपर्ने हुन सक्छ । धनसम्पत्ति सापटीको रूपमा लिँदा वा लगानी गर्दा फस्न सक्छ ध्यान दिनुहोला ।

राशि स्वामी बुध असार १५ गतेबाट असार ३० गतेसम्म, भदौ ०४ गतेबाट कात्तिक १५ गतेसम्म र असोज १७ गतेबाट कात्तिक ०८ गतेसम्म केन्द्रमा स्वगृह भएर भद्र नामको पञ्चमहापुरुष योगको निर्माण गर्ने हुनाले घर–जग्गा तथा सवारीसाधन जोड्न सकिनेछ भने राजनीति तथा सामाजिक कामबाट पद तथा प्रतिष्ठा पाइने योग रहेको छ । कन्फिडेन्ट पावरमा वृद्धि हुनेछ भने थोरै बोलेर धेरै कामहरू गर्न सकिनेछ ।

जन्मकुण्डलीमा शनि र राहु कमजोर हुनेहरूले काली र बटुकभैरवको पूजा गरी विधिपूर्वक शान्ति गर्दा दिनहरू फलदायी रहनेछन् । आर्थिक दृष्टिले असार, साउन, मंसिर तथा फागुन राम्रो रहनेछ ।
तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते)

तुला राशि हुनेहरूका लागि वर्ष २०७९ मध्ययम रहनेछ । माघ २७ गतेसम्म शनिको अढैया दशाको प्रभावले झुटा आरोपहरू लाग्ने, कार्यमा ढिलासुस्ती, मानसम्मान तथा इज्जत प्रतिष्ठामा आघात पुग्ने, मानसिक चिन्ता तथा स्वास्थ्यसम्बन्धी समस्या देखापर्ने र आर्थिक स्थिति कमजोर हुनेछ ।

स्थानान्तरणको अधिक सम्भावना रहेको छ भने जन्मथलो छोडेर लामोदूरीको कष्टकर यात्रा नहोला भन्न सकिन्न । आम्दानीमा कमी हुने तथा आर्थिक संकटको सामना गर्नुपर्नेछ । राज्यबाट सेवा प्रवाह गर्नेहरूले अनावस्यक दुःख दिनेछन् भने राज्यको मेकानिजमभित्र बसेर काम गर्दै हुनुहुन्छ धने आर्थिक अपचलनको मुद्दा लाग्न सक्छ ध्यान दिनुहोला ।

आमाको स्वास्थ्यमा समस्या आउने तथा औषधि उपचार खर्च बढ्नेछ । मोटोपन, कोलस्ट्रोल, जन्डिज, फोक्सो तथा मुटु रोगीहरूले आफ्नो स्वास्थ्यको ध्यान दिनुहोला । तर जन्म कुण्डलिमा शनि उच्च, स्वागृह तथा ३, ६ ११ भावमा भए शनिको अढैयाबाट राम्रो फल प्राप्त हुनेछ ।

ऋण, रोग र शत्रुभावमा गोचर गर्ने बृहस्पतिको प्रतिकूल प्रभावले शत्रु बढ्ने तथा रोग लाग्ने समय रहेको छ । आम्दानीमा कमी हुने तथा आर्थिक संकटको सामना गर्नुपर्नेछ । राज्यबाट सेवा प्रभाह गर्नेहरूले अनावश्यक दुःख दिनेछन् भने राज्यको मेकानिजमभित्र बसेर काम गर्दै हुनुहुन्छ भने आर्थिक अपचलनको मुद्दा लाग्न सक्छ ध्यान दिनुहोला ।

आफन्त तथा मामाको स्वास्थ्यमा समस्या आउने तथा औषधि उपचार खर्च बढ्नेछ । राजनीति तथा कूटनीतिकको क्षेत्रमा समय लगानी गर्नेहरूले जनताको समर्थन पाउन कडा मिहिनेत गर्नुपर्नेछ । जन्मथलो छोडेर लामोदूरीको कष्टकर यात्रा नहोला भन्न सकिन्न ।

वर्षभरि नै राशिमा गोचर गर्ने केतु र व्यापार भावमा गोचर गर्ने केतुले अकस्मात आर्थिक अवस्था बलियो भए पनि भौतिक सम्पत्ति तथा सवारीसाधनको प्रयोग गर्दा ध्यान दिनुहोला अचानक दुर्घटना, चोटपटक तथा रोगले सताउनेछ ।

राशि स्वामी शुक्र कात्तिक ०१ गतेबाट कात्तिक २४ गतेसम्म राशिमा स्वगृह भई मालव्य नामको पञ्चमहापुरुष योगको निर्माण गर्ने हुनाले व्यवसायमा उतारचढाव आए पनि मिहिनेतले घर–जग्गा वा स्थिर सम्पत्ति जोड्न सकिनेछ । कृषि तथा पशुपालनमा सामान्य फाइदा भइरहनेछ । टाढिएका सन्तानहरूलाई माता र मातृभूमिप्रति श्रद्धा बढ्नेछ । गीत, संगीत तथा मोडलिङ क्षेत्रका काम गर्नेहरूका लागि समय फलदायी रहनेछ ।

आर्थिक दृष्टिले साउन, भदौ, पुस तथा चैत अनुकूल रहेको छ । प्रतिकूल समयमा देवी तथा बंगलामुखीको दर्शन, पूजा तथा आराधना, तथा बृहस्पतिको मन्त्रजप गरी समयलाई फलदायी बनाउन सकिनेछ ।

वृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यु)

वृश्चिक राशि हुनेहरूका लागि वर्ष २०७९ शुभ रहनेछ । विदेशी भाषा तथा विदेशी संस्कार संस्कृतिको अनुशरण गर्नेहरुका लागि समय उत्तम रहेको छ । बहुमूल्य धातु तथा सवारीसाधन जोड्न सकिनेछ । भूमि तथा खनिज पदार्थको व्यापार–व्यवसायबाट प्रशस्त आम्दानी हुनेछ । पराक्रम भावमा गोचर गर्ने शनिले भौतिक स्रोत साधनको प्रयोगमार्फत मनग्गे लाभ लिन सकिनेछ ।

राज्यसँग नजिक भई गरिने कामहरूजस्तै राजनीति, समाजसेवा, ठेक्कापट्टा, गाडी तथा इन्जिन सम्बन्धित कामबाट आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । दाजुभाइ तथा बन्धुबान्धवबाट भरपुर सहयोग पाइने तथा स्त्री वर्गबाट सहयोग पाइनेछ । माघ २८ गतेबाट शनिको अढैया दशाको प्रभाव सुरु हुनाले सदाचारमा नरहदा आलस्य, ढिलासुस्ती, अध्ययन र खानपानमा अरुचि, कार्यबाधा र अर्थहानीजस्ता समस्या आउनेछन् ।

तर पनि वर्षभरि नै बृहस्पतिको गोचर शुभ रहनेछ । पशुपालन तथा कृषि व्यवसायलाई समयसापेक्ष आधुनिकिकरण गरी मनग्गे लाभ लिन सकिनेछ । अकस्मात धन तथा भौतिक सम्पत्ति प्राप्त हुनेछ । कीर्तिमानी काम गरी प्रसिद्धि कमाउन सकिनेछ भने मानसम्मान इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । स्कुल, कलेज तथा वित्तीय क्षेत्रमा गरिएको लगानी फस्टाएर जानेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ भने विवाह गरी घरजम हुनेछ । वर्षभरि नै राहु र केतुको गोचर शुभ रहनेछ ।

अध्ययन वा जागीरमा हुने प्रतिस्पर्धामा पतिस्पर्धीहरूलाई किनारा लगाउँदै तपाईँको नाम अग्र स्थानमा आउनेछ । अध्ययन वा कामको सवालमा लामोदूरीको यात्रा हुनेछ भने विदेशी लगानीबाट सञ्चालित सस्थामा काम पाउने योग रहेको छ । परराष्ट्र वा कूटनीतिको क्षेत्रमा महत्वपूर्ण उपलब्धि हात पार्न सकिनेछ । प्रयत्न गर्दा उत्तम रोजगारी प्राप्त हुनेछ । प्रेम र मित्रताको बन्धन पनि कसिनेछ ।

आर्थिक दृष्टिले वैशाख, भदौ, असोज, माघ महिना अनुकूल रहेको छ । बंगालामुखीको पूजा तथा आराधना तथा शनिलाई खुशी पार्नको लागि विष्णु भगवान्को पूजा, पीपलमा जल चडाउने तथा मन्त्र जप गर्दा लाभ मिल्नेछ ।

धनु (ये, यो, भा, भी, भु, ध, फा, ढा, भे)

धनु राशि भएका व्याक्तिहरूलाई शनिको अन्त्य साढेसातीको प्रभावले अशुभ रहे पनि अन्य ग्रहको अनुकूलताले वर्ष शुभ नै रहनेछ । जन्म कुण्डलीमा शनि कमजोर हुनेहरूलाई विभिन्न समस्या आइपर्ने, झुटा आरोप लाग्ने, समयमा काम सम्पन्न नहुने तथा शरीर कमजोर हुने समस्या आइपर्नेछ । दाम्पत्य जीवनमा सामान्य मतभेद रहनेछ । जन्मकुण्डलीमा शनि स्वगृह, उच्च, मित्रगृह तथा कुण्डलीमा ३, ६, ११ भावमा हुनेहरूका लागि भने शनिले राम्रा तथा परिणाममुखी फल दिनेछ ।

बृहस्पतिको अनुकूलताले विद्यार्थीहरूका लागि समयले साथ दिने हुनाले भनेजस्तो नतिजा हात पार्न सकिनेछ भने अध्ययनकै सवालमा देशविदेशको यात्रा हुनेछ । लेखनकला तथा साहित्यको क्षेत्रमा कलम चलाउनेहरूका लागि वर्ष शुभ रहनेछ ।

स्कुल, कलेज, फार्मेसी, अस्पताल, बैंक तथा वित्तीय क्षेत्रमा समय लगानी गर्नेहरूले मनग्गे धन तथा भौतिक सम्पत्ति जोड्ने योग रहको छ । राजनीतिमा लाग्नेहरूलाई पनि पद–प्रतिष्ठा प्राप्त हुने सम्भावना छ । निर्णायक तहमा बसेर गरिने निर्णयहरू समाज तथा जनताको पक्षमा हुनेछन् भने राज्यबाट लाभ मिल्ने समय रहेको छ । बोलीको प्रभाव बढ्नेछ भने थोरै बोलेर धेरै लाभ लिन सकिनेछ ।

मिहिनेतले स्वरोजगार बन्न सफल भइनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै सुमधुर दाम्पत्य एवं सन्तान सुख प्राप्त हुने ग्रहयोग छ । मिहिनेतीहरूलाई आम्दानीका विभिन्न माध्यम फेला पर्नेछन् । भाग्यले घरजग्गालगायत स्थायी सम्पत्ति दिलाउन सक्छ । उद्योगधन्दा र व्यवसायमा विशेष फाइदा हुनेछ ।

वर्षभरि नै राहु र केतुको गोचर शुभ रहनेछ । अध्ययन वा जागिरमा हुने प्रतिस्पर्धामा पतिस्पर्धीहरूलाई किनारा लगाउँदै तपाईँको नाम अग्र स्थानमा आउनेछ । अध्ययन वा कामको सवालमा लामोदूरीको यात्रा हुनेछ भने विदेशी लगानीबाट सञ्चालित सस्थामा काम पाउने योग रहेको छ । परराष्ट्र वा कूटनीतिको क्षेत्रमा महत्वपूर्ण उपलब्धि हात पार्न सकिनेछ । प्रयत्न गर्दा उत्तम रोजगारी प्राप्त हुनेछ । प्रेम र मित्रताको बन्धन पनि कसिनेछ ।

साढेसातीको प्रभाव हुनेहरूले महांकाल तथा काली भगवतीको आराधना गरी प्रत्येक शनिबार पीपलमा पानि चढाउँदा फाइदा हुनेछ । बृहस्पतिको लागि माता बंगालामुखीको पूजा तथा आराधना गर्नाले शुभफल प्राप्त हुनेछ र जन्मकुण्डलीमा राहु तथा केतु कमजोर हुनेहरूले वटुक भैरव र छिन्नमस्ताको उपसना गर्नुहोला । आर्थिक दृष्टिले जेठ, असोज, कात्तिक तथा फागुन महिना राम्रो रहेको छ ।

मकर (भो, जा, जी, जु, जे, जो, ख, खी, खु, खे, खो, गा, गी)

मकर राशि हुनेहरूका लागि वर्ष २०७८ मिश्रित रहनेछ । न्यायलय, इन्जिनियरिङ, व्यवस्थापन, मार्केटिङ, बीमा, एकाउन्ट, बैंक तथा वित्तीय संस्थाजस्ता क्षेत्रमा सफलता प्राप्त हुनेछ ।

डाइरेक्टर, सञ्चालक, म्यानेजर, अध्यक्ष वा चिफ एक्जिक्युटिभ अफिसरजस्ता पद पाउने योग रहेको छ । खोज तथा अनुसन्धानको क्षेत्रका प्रगति हुनेछ । पराक्रम भावमा गोचर गर्ने शुभ बृहस्पतिको प्रभावले धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । माया प्रेमको सम्बन्ध विवाहमा परिणत हुनेछ भने जीवनसाथीको सहयोगले विशेष काम गर्ने अवसर प्राप्त हुनेछ ।

वर्षभरि नै सुख भावमा गोचर गर्ने राहु र राज्य भावमा गोचर गर्ने केतुले बसाई सराई तथा स्थानान्तरणको प्रशस्त सम्भावना रहेको छ । आफन्त तथा परिवारजनसँग मतभेद रहनेछ । नेता तथा कर्मचारीहरूलाई राज्यबाट आर्थिक अपचलनको मुद्दा लाग्न सक्छ ध्यान दिनुहोला ।

वर्षभरि नै शनिको मध्य तथा अन्त्य साढेसाती दशाको प्रभावले स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढ्नेछ भने घरमा आफन्त तथा अग्रजहरूसँग विवाद बढ्नेछ । सामाजिक काम समयमा सम्पन्न नभई मान सम्मानमा दाग लाग्नेछ । सीमित क्षेत्रबाट माथि उठ्न बाधा पर्नेछ ।

मस्तिष्क भावमा शनिको उपस्थितिले काम, क्रोध आदि प्रवृत्ति देखापर्नुका साथै जन्मकुण्डलीमा शनि प्रतिकूल हुनेहरूलाई झुटा आरोप, कार्यबाधा, आर्थिक कठिनाइ, मानहानीजस्ता समस्या आइलाग्नेछन् । आलोचक बढ्नाले काम रोकिनेछ । उच्च अधिकारीसँगको विवादले नोकरीमा चुनौती आइलाग्नेछ । न्यायिक निर्णयहरू तपाईँको पक्षमा नहुन सक्छन् । तर पनि जन्मकुण्डलीमा शनि उच्च, स्वगृह, मित्रगृह तथा कुण्डलीमा ३, ६, ११ भावमा भए शुभ फल प्राप्त हुनेछ ।

शनिको नकरात्मक प्रभावबाट बच्नको लागि महांकाल तथा काली भगवतीको पूजा आराधना गरी पीपलमा जल चढाउँदा फाइदा हुनेछ । वर्षभरि राहु तथा केतुको मन्त्रजप तथा बटुक भैरवको दर्शन गर्दा लाभ मिल्नेछ । आर्थिक दृष्टिले असार, कात्तिक, मंसिर तथा चैत महिना लाभदायक रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा)

कुम्भ राशि हुनेहरूका लागि समय संघर्षशील रहे पनि फलदायी नै रहनेछ । वर्षभरि नै शनिको आद्य साढेसातीको प्रभाव रहनेछ । साढेसातीको प्रभावले भौतिक स्रोत साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । राज्यसँग नजिक भई गरिने कामहरूजस्तै राजनीति, समाजसेवा, ठेक्कापट्टाजस्ता क्षेत्रमा मन्दी आउनेछ ।

विदेशी भाषा तथा विदेशी सस्कार संस्कृतिको अनुशरण गर्नेशरुका लागि समयले साथ दिने छैन । विभिन्न समस्या आइपर्ने, झुटा आरोप लाग्ने, समयमा काम सम्पन्न नहुने तथा शरीर कमजोर हुने समस्या आइपर्नेछ । दाम्पत्य जीवनमा सामान्य मतभेद रहनेछ । तर पनि जन्मकुण्डलीमा शनि स्वगृह, उच्च, मित्रगृह तथा कुण्डलीमा ३, ६, ११ भावमा हुनेहरूका लागि भने शनिले राम्रा तथा परिणाममुखी फल दिनेछ ।

वर्षभरि नै पराक्रम भावमा गोचर गर्ने राहु र भाग्य भावमा गोचर गर्ने केतुको आट, साहस तथा पराक्रममा वृद्धि गर्नेछ भने खेलकुद तथा पराक्रमी क्रियाकलापमामा सहभागी भई देश विदेशको यात्रामा निष्कन सकिनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूले कूटनीतिक क्षेत्रमा प्रगति गर्ने तथा लामोदूरीको अफिसियल यात्रा हुनेछ । पढाइलेखाइकै सवालमा दक्षिण तथा पश्चिमी मुलुकको यात्रा गर्न सकिनेछ । लेखन कला साहित्यको क्षेत्रमा कलम चलाउनेहरूका लागि यो वर्ष उत्तम रहनेछ ।

तर पनि धन भावमा गोचर गर्ने बृहस्पतिको अनुकूल प्रभावले नयाँ काम पाउने तथा नोकरीमा बढोत्तरीको ग्रहयोग रहेको छ । सञ्चार, कम्प्युटर, विज्ञान तथा प्रविधि, रिसर्च, ज्योतिष, लेखन, साहित्य, कला, दर्शन, धर्म प्रचार, अन्तरिक्ष विज्ञान, भू–उपग्रह, भौतिक विज्ञान, मिडिया तथा राजनीतिमा लागेर सफलता प्राप्त गर्न सकिनेछ । भूमि तथा खनिज पदार्थको व्यापार–व्यवसायबाट प्रशस्त आम्दानी हुनेछ ।

सामाजिक पद प्रतिष्ठा प्राप्त हुनेछ भने सामाजिक काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । सरकारी तथा प्रसाशनिक क्षेत्रमा तपाईँको सम्मानजनक उपस्थिति रहनेछ । व्यापार–व्यवसायमा लगानी बढाई प्रशस्त आम्दानी गर्न सकिनेछ । स्कुल कलेज, बैंक तथा वित्तीय क्षेत्रमा गरिएको लगानी फस्टाएर जानेछ । विद्यार्थीवर्गहरूले विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सक्नेछन् ।

बौद्धिक कार्यमा सफलता मिल्नेछ । मायाप्रेम गर्ने जोडीहरूले आफ्नो सम्बन्धलाई विवाहमा परिणत गर्न सक्नेछन् । धार्मिक यात्रा हुनेछ भने परोपकार जन्य काममा सहभागी भइनेछ । प्राकृतिक स्रोत साधनको प्रयोगमार्फत प्रशस्त रुपैयाँ पैसा कमाउन सकिनेछ भने उपाहार तथा चिठ्ठा प्राप्तिको योग रहेको छ ।

आर्थिक दृष्टिले वैशाख साउन मंसिर, पुस महिना उत्कृष्ट रहेको छ । विधिपूर्वक बृहस्पतिको लागि माता बंगलामुखीको पूजा तथा आराधना तथा राहु केतुको लागि बटुक भैरवको दर्शन तथा मन्त्र जप गर्नाले लाभ मिल्नेछ ।

मीन (दी, दु, थ, झ, ञ, दे, दो, चा, ची)

यो वर्ष मीन राशि हुनेहरूका लागि शुभफल प्राप्त हुनेछ । वर्षभरि नै शनिको अनुकूल प्रभाव रहनेछ । राजनीति, समाजसेवा, ठेक्कापट्टा तथा कन्स्ट्रक्सनको क्षेत्रमा समय दिनेहरूका लागि यो वर्ष फलदायी रहनेछ । बहुमूल्य धातु तथा सवारीसाधन जोड्न सकिनेछ ।

भूमि तथा खनिज पदार्थ तथा प्राकृतिक स्रोत साधनको व्यापार–व्यवसायबाट प्रशस्त आम्दानी हुनेछ । दाजुभाई तथा बन्धुबान्धवबाट भरपुर सहयोग पाइने तथा स्त्री वर्गबाट सहयोग पाइनेछ । शत्रु परास्त हुनेछन् भने न्यायिक निर्णयहरू तपाईँ आफ्नै पक्षमा हुनेछन् । कानुनको व्याख्याता तथा कानुनको क्षेत्रमा रही काम गर्नेहरूले आफ्नो कामदेखि सन्तुष्टि हुने तथा प्रशस्त धन आर्जन गर्नेछन् ।

बृहस्पतिको अनुकूल प्रभाव रहनेछ, जसको कारण नयाँ काम पाउने तथा नोकरीमा बढोत्तरीको ग्रहयोग रहेको छ । सञ्चार, कम्प्युटर, विज्ञान तथा प्रविधि, रिसर्च, ज्योतिष, लेखन, साहित्य, कला, दर्शन, धर्म प्रचार, अन्तरिक्ष विज्ञान, भू–उपग्रह, भौतिक विज्ञान, मिडिया तथा राजनीतिमा लागेर सफलता प्राप्त गर्न सकिनेछ । भूमि तथा खनिज पदार्थको व्यापार–व्यवसायबाट प्रशस्त आम्दानी हुनेछ । सामाजिक पद प्रतिष्ठा प्राप्त हुनेछ भने सामाजिक काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ ।

सरकारी तथा प्रसाशनिक क्षेत्रमा तपाईँको सम्मानजनक उपस्थिति रहनेछ । व्यापार–व्यवसायमा लगानी बढाई प्रशस्त आम्दानी गर्न सकिनेछ । स्कुल, कलेज, बैंक तथा वित्तीय क्षेत्रमा गरिएको लगानी फस्टाएर जानेछ । विद्यार्थीवर्गहरूले विद्या तथा प्रतिस्पर्धामा प्रतिस्र्धीहरूलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सक्नेछन् ।

बौद्धिक कार्यमा सफलता मिल्नेछ । मायाप्रेम गर्ने जोडीहरूले आफ्नो सम्बन्धलाई विवाहमा परिणत गर्न सक्नेछन् । धार्मिक यात्रा हुनेछ भने परोपकारजन्य काममा सहभागी भइनेछ । प्राकृतिक स्रोत साधनको प्रयोगमार्फत प्रशस्त रुपैयाँ पैसा कमाउन सकिनेछ भने उपाहार तथा चिठ्ठा प्राप्तिको योग रहेको छ ।

तर पनि वर्षभरि नै धनस्थानमा गोचर गर्ने राहु र कष्ट भावमा गोचर गर्ने केतुले भौतिक सम्पत्तिको प्रयोग गर्दा दुर्घटना नहोला भन्न सकिन्न । धन सम्पत्ति फस्ने तथा कुटुम्बसँगको सम्बन्धमा दरार पैदा हुनेछ ।

आर्थिक तथा स्वास्थ्यका दृष्टिले जेठ, भदौ, पुस र माघ महिना उत्कृष्ट रहेका छन् । विधिपूर्वक बृहस्पतिको लागि माता बंगलामुखीको पूजा, आराधन तथा दर्शन र शनिको लागि महांकाल मन्दिरको दर्शन तथा मन्त्रजप र पीपलमा जल चढाउनाले लाभ मिल्नेछ ।

तपाईँको दिन शुभ रहोस् ।
ज्योतिष दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?