मृत्युपश्चात पनि नङ्ग र कपाल बढ्छ ?

 मृत्युपछि मानिसको शरीर के हुन्छ ? धड्कन रोकिन्छ, रगत चिसो हुन्छ र अरु अंगहरु कक्रक्क पर्न थाल्दछ तर नङ्ग र कपाल भने बढिरहन्छ – कम से कम हामीलाई यस्तै कुराहरु सुन्दै आएका छौँ ।

एरिक मारिया रेमरक्युको उपन्यास ‘अल क्वाइट अफ द वेस्टर्न फ्रंट’ का युवा कथावाचकले कल्पना गर्छन् कि गैंगरीनको कारणले मृत्यु भएको उनको एउटा साथीको नङ्ग बढिरहेको र उसको खोपडीमा पनि कपाल लामो भइरहेको छ ।

यो कुनै राम्रो विचार होइन तर चलिआएको भनाई हो तर के यो साँचो हो ?

अलग अलग समय

कुनै अचम्मको कुरा होइन कि लासको नङ्ग र कपाल बढे नबढेको बारे सुनियोजित अध्ययन धेरै कम भएको छ । जानकारीका लागि ऐतिहासिक कथा र लासको काम गर्ने मेडिकल विद्यार्थीको वर्णनमाथि ध्यान दिनुपर्ने हुन्छ । ट्रान्सप्लान्ट गर्ने सर्जनहरुको पनि मृत्युपश्चात विभिन्न कोशिकाहरुले काम गरिरहने अनुभव रहेको पाइएको छ । विभिन्न कोशिकाहरु छुट्टाछुट्टै गतिले मर्ने गर्दछन्, मुटुको चाल बन्द भइसकेपछि दिमागलाई अक्सिजनको आपूर्ति बन्द हुन्छ किनकि दिमागमा ग्लूकोजको संग्रह हुँदैन त्यसकारण तीनदेखि सात मिनेटभित्र स्नायु कोशिका मर्ने गर्दछन् ।

ट्रान्सप्लान्ट सर्जनहरुले अंगदाताहरुको मृत्युपश्चात तीस मिनेटभित्र शरिरको मृगौला, कलेजो र मुटु निकालिहाल्नु पर्दछ र तिनीहरुलाई अंग ग्रहण गर्ने व्यक्तिको शरिरमा ६ घण्टाभित्रमा राखिहाल्नुपर्दछ । छालाको कोशिका अलि धेरै बेरसम्म जिउँदो रहन्छ ।

नङ्ग र कपाल

नङ्ग बढ्नका लागि नयाँ कोशिकाको जन्म हुन जरुरी हुन्छ र ग्लुकोजको बिना यो सम्भव हुँदैन । दैनिक नङ्ग करिब ०.१ मिमीको गतिमा बढ्ने गर्दछ र यो गति उमेरसँगै घट्दै जान्छ ।

नङ्गको संरचनाको ठिक तल कोशिकाको एक सतह हुन्छ जसलाई जीवाणु–जाल भनिन्छ । यो सतहले बढी मात्रामा कोशिकाहरुको उत्पादन गर्दछ जसले नङ्गको नयाँ भाग बनाउँदछ । नयाँ कोशिकाले पुरानोलाई अगाडि धकेल्दछ जसले नङ्ग कुनाबाट बढेको जस्तो अनुभव हुन्छ ।

मृत्युले ग्लुकोजको आपूर्ति रोक्दछ त्यसकारणले नङ्गको वृद्धि पनि रोक्दछ । कपालसँग पनि यहि हुने गर्दछ । हरेक कपाल फोलिकलमा हुन्छ जहाँ यसको वृद्धि हुन्छ ।

जब मुटुले रगतमा अक्सिजनको आपूर्ति बन्द गरिदिन्छ तब ऊर्जा सकिन थाल्छ र कोशिकाहरुको विभाजन पनि बन्द हुन्छ जसका कारण कपाल बढ्न बन्द हुन्छ ।

केवल कहानी

तब किन कहानीमा यस्तो कुराहरु भन्ने गरिन्छ ?हुन त यस्तो अनधाुमान गलत किनकि यसको पछाडि जैविक आधार छ । यस्तो होइन कि मृत्युपश्चात नङ्ग बढिरहन्छ तर यसको चारैतिरको छाला सुकिरहन्छ जसका कारण नङ्ग लामो देखिन्छ । मृतकको खप्परको छाला पनि सुक्दै जाने भएका कारण कपाल लामो जस्तो देखिने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?