१८ चैत्र २०७९, शनिवार

स्वास्थ्य संस्थामा गर्भपतन सेवा निःशुल्क

२०७४,आश्विन,२७,शुक्रवार ०५:०६

0
Shares

नुवाकोट, २७ असोज ।जिल्ला स्वास्थ्य कार्यालय, नुवाकोटले गर्भपतन सेवा निःशुल्क बनाएको छ ।तेस्रो सुरक्षित गर्भपतन सेवा दिवसको अवसर बनाएर स्वास्थ्य कार्यालयमार्फत प्रवाह हुँदै आएको गर्भपतन सेवा बिहीबारदेखि निःशुल्क गरेको हो ।गर्भमा रहेको शिशुको लिंगको पहिचान नगरी गर्भवती महिलाले चाहेमा १२ सातासम्मको गर्भलाई सुरक्षित पतन गराउन सकिने सेवा वैधानिक प्रक्रियामा ल्याउन र सहज बनाउन निःशुल्क गरिएको स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख वसन्त अधिकारीले जानकारी दिए ।सरकारबाट स्वीकृत प्राप्त र तालीम प्राप्त दक्ष जनशक्तिमार्फत यस अघिदेखि सञ्चालनमा रहेका जिल्लाको २० वटा स्वास्थ्य संस्थामा गर्भपतन गराउँदा लिँदै आएको सेवा शुल्क निःशुल्क गरिएको प्रमुख स्वास्थ्य अधिकृत अधिकारीले बताए । गर्भपतन गराएबापत यसअघि रु ५०० देखि रु एक हजार आठसम्म शुल्क लिने गरिएको थियो ।सरकारी अनुमति प्राप्त र तालीम लिएका दक्ष जनशक्तिमार्फत सञ्चालनमा रहेका स्वास्थ्य संस्था राउतवेशी, समुन्द्रटार, खरानीटार, ककनी, भदु्रटार, चतुराले, नुवाकोट मण्डला, बागेश्वरी, बुङताङ, काउले, थप–मनकामना, रालुकादेवी, खङभज्ञ्याङ, सुनखानी, थानापती, नर्जामण्डप, कुमरी, साल्मे, फिकुर, दाङसिङ र लिखुको सल्लेमैदानबाट प्रवाह हुँदै आएको सेवा निःशुल्क गरिएको छ ।मातृ सुरक्षाका लागि प्रभावकारी माध्यम र प्रजननमा महिलाको अधिकार सुुरक्षित गर्न मौलिक हकको रुपमा रहेको गर्भपतन सेवा लिनेहरु वैधभन्दा पनि अवैध धेरै भएकाले महिलाको स्वास्थ्य जोखिममा पर्न नदिन सेवालाई निःशुल्क र प्रचारमा प्राथमिकता दिएको कार्यालयले जनाएको छ ।नुवाकोटमा जिल्ला अस्पताल त्रिशूलीले गर्भपतन सेवा यसअघि देखि नै निःशुल्क गर्दै आएको छ भने मेरी स्टोप्स सेन्टरले शुल्क लिएर सेवा दिँदै आएको छ ।नुवाकोटमा आर्थिक वर्ष ०७३/७४ मा ३१५ जनाले सुरक्षित गर्भपतन सेवा लिएका थिए भने आव ०७२/०७३ मा २५९ जनाले सेवा लिएको स्वास्थ्य कार्यालयले जनाएको छ । चालु आवमा करिब ५०० ले सेवा लिने अनुमान गरी आवश्यक औषधि र जनशक्तिको व्यवस्थापन गरेको स्वास्थ्य कार्यालयले जनाएको छ ।सरकारले गर्भपतन सेवालाई सबैको पहुँचमा पु¥याउन निःशुल्क र प्रचारप्रसारमा जोड दिँदै आइरहेको समयमा यसको दुरुपयोग समेत वृद्धि भएको भन्दै रोक्नतर्फ पनि ध्यान दिनुपर्ने सरोकारवालाले बताएका छन् ।

प्रकाशित मिति: २०७४,आश्विन,२७,शुक्रवार ०५:०६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौ उपत्यकामा विभिन्न जीवन्त संस्कृतिहरु छन् जसले यहाँको सभ्यता र परम्परालाई दर्शाउँछ। भिन्न-भिन्न चाडपर्व मनाउँदै प्राकृतिक पक्षलाई पनि आत्मसात गर्दै

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा पछिल्लो ८ महिनाको अवधिमा २३ लाख बढी आन्तरिक राजश्व संकलन भएको छ । गाउँपालिकाले सार्वजनिक

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

ताजा समाचार

सुराकीको नाममा खर्च गर्ने प्रणाली खारेज
 २०७९,चैत्र,१७,शुक्रवार २१:१३
फेरि बढ्यो कोरोना सङ्क्रमण
 २०७९,चैत्र,१७,शुक्रवार २०:१८