यी बालिकाले ५ वर्षको उमेरमै लेखिन् पुस्तक, आमा बाबु परे छक्क

लोकपथ
234
Shares

काठमाडौं । आफ्नो प्रतिभा देखाउनको लागी कुनै उमेर सीमा छैन। सानो बच्चाले पनि आफ्नो प्रतिभाले संसारलाई चकित पार्न सक्छन् । यस्ता धेरै उदाहरण संसारमा देख्न र सुन्न पाइन्छ, जसमा सानै उमेरमा बालबालिकाले गीत–संगीत, अभिनय, नृत्य, लेखन आदि क्षेत्रमा आफ्नो प्रतिभा देखाउने गर्छन् । आज हामी एक बालिकाको बारेमा चर्चा गर्नेछौँ ।

बेला जे डार्क नामकी यी बालिकाले मात्र ५ वर्षमा किताब लेखेर लेखन क्षेत्रमा पहिलो पाइला राखेकी छिन् । साथै पुस्तक लेख्नको लागि उच्च अध्ययन र अनुभव नभएर कल्पना र मनोवृत्ति चाहिन्छ भन्ने कुरामा मानिसहरुलाई सोच्न बाध्य बनाएकी छिन् ।

कान्छो लेखक

किन्डरगार्टनमा पढ्दै गर्दा उनले विश्वकै कान्छी लेखिकाको उपाधि जितिन् । बेलाले गत वर्ष मात्रै एउटा किताब लेखेकी थिइन् र आफ्ना अभिभावकलाई भनेकी थिइन् । तर, बेलाका आमाबुवाले उनको कुरालाई ध्यान दिएनन्। तर बेलाले लेखेको किताब पढेपछि रचनात्मकता र दर्शन देखेर उनका आमा बुबा छक्क परेका थिए ।

बेलाकी आमा चेल्सी साइम र बुबा माइल्स डार्क आफ्नो छोरीको प्रतिभा देखेर स्तब्ध भएका थिए । बेलाका अभिभावकका अनुसार यो बच्चाको कथाबाट प्रेरित भएको र यसबाट धेरै कुरा सिक्न सकिने छ । बेलाले लेखेको कथा हराएको बिरालोको थियो । यस पुस्तकको नाम ‘हराएको बिरालो’ हो।

कान्छो लेखक - प्रतीकात्मक फोटो

यो कथामा भनिएको छ कि बिरालो आमा बिना बाहिर जान्छ र हराउँछ। कथा पनि धेरै भावुक छ, किनभने यस किताबमा आमाको भूमिका पनि शब्दहरूद्वारा बताइएको छ । बेलाकी आमाका अनुसार उनीहरु एउटा पुस्तक मेलामा गएका थिए जहाँ एउटा पुस्तक प्रकाशन संस्थाले कथा प्रकाशित गर्न चासो देखाएको छ ।

यसपछि बालबालिकाका पुस्तकहरू प्रकाशन गर्ने जिंजर फाइरे प्रेसले उनको पुस्तक प्रकाशित गरेको छ । यस पुस्तकको सबैभन्दा विशेष कुरा यो हो कि बेलाले यस पुस्तकका सबै तस्विरहरू आफै बनाएकी हुन्। बेलाका आमाबुवा पनि आफ्नो छोरीको कथा अहिले संसारसामु आएकोमा निकै खुसी छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?