नुवाकोट बस दुर्घटना अपडेट : ३५ बढी घाइते, २ जनाको अवस्था गम्भीर

लोकपथ
2k
Shares

काठमाडौं । नुवाकोटबाट काठमाडौं आउँदै गरेको बस दुर्घटनामा परी ३५ जनाभन्दा बढी घाइते भएका छन् ।

आइतबार बिहान नुवाकोटको साल्मेबाट काठमाडौं आउँदै गरेको प्रदेश ३ ०१९००६९ख १५४१ नम्बरको टिमुरे यातायातको बस किस्पाङ गाउँपालिका ५ किर्नेबगरमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी ३५ जनाभन्दा बढी घाइते भएकाे र बाँकी विवरणहरू आउँदै गरेकाे जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक (एसपी)  राम प्रसाद साहले लोकपथलाई जानकारी दिएका छन् ।

‘बस सडकबाट २० मिटर तल खसेको छ । घाइतेहरुको संख्या कति थियो भन्ने विवरण आउँदै छ । ३५ जनाभन्दा बढी घाइतेको विवरण आएको छ । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ’, उनले भने ।

गाडीमा क्षमताभन्दा बढी यात्रु भएको अनुमान गरिएको छ र गाडी दुर्घटनाहुको कारणबारे पनि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

घाइतेहरु सबैको त्रीशुली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

यो पनि पढ्नुहोस्  : नुवाकोटमा बस दुर्घटना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?