१३ मङ्सिर २०८०, बुधबार

प्रजापति समुदायलाई पाला बनाउन भ्याइनभ्याई

२०७४,आश्विन,२६,बिहीवार ०८:२६

0
Shares

भक्तपुर २६ असोज ।तिहार आउनैलाग्दा माटोका भाँडा बनाउँदै आएका कुमाले समुदायलाई पाला बनाउन र बिक्री गर्न भ्याइनभ्याई भएको छ ।तिहार नजिक आइसकेकाले यहाँका पाला बनाउने कुमाले समुदायका सिंगो परिवार पाला बनाउन र बिक्री गर्नमै व्यस्त छन् । भक्तपुरमा आकर्षक माटोको भाँडा बनाउने बोलाछें र तालाको पोर्टरी स्क्वायर तथा मध्यपुरथिमिका नगदेश, बोडे, चपाचो, पाँचो लगायतका स्थानका प्रजापति समुदाय यतिखेर तिहारका लागि आवश्यक पाला व्यस्त छ ।“पाला, भिउँट, धुपौरोको थुप्रै माग आएको छ । अहिले भ्याइनभ्याई छ”, वर्षौंदेखि माटोको भाँडा बनाउँदै आएका स्थानीय तालाको पोर्टरी स्क्वायरका विनोदकुमार प्रजापतिले भन्नुभयो ।वर्षभरिमा मनग्य आम्दानी गर्ने समय नै यही हो भन्दै उहाँले यस मौकालाई गुम्न नदिन स–परिवार बिहानदेखि रातिसम्म व्यस्त रहने गरेको बताउनुभयो । माटोको भाँडा बनाउने आधुनिक मेसिनमा एकछिन हात खाली नराखी पाला बनाउन व्यस्त स्थानीय ४० वर्षीय कृष्ण प्रजापति एक दिनमा एक हजार ५०० देखि दुई हजारवटा सम्म पाला बनाउने गरेको बताउनुहुन्छ ।गत वर्षको तिहारमा एक सयवटा पाला रु ९० देखि रु ११० सम्ममा बिक्री गरे पनि यस वर्ष भने यसको मूल्य बढेको छ । माटोको अभाव र टाढादेखि माटो ल्याउनुपर्ने समस्याका कारण पालाको मूल्य बढेको विनोदकुमार प्रजापति बताउनुहुन्छ । यस वर्ष एक सयवटा पाला रु १५० देखि रु २०० सम्ममा बिक्री भइरहेको छ । व्यापारीले खुद्रा बिक्री गर्दा एउटा पालाको रु तीन सम्म पर्छ ।भक्तपुरमा मात्र नभई पालाको माग अन्य जिल्लादेखि अन्तर्राष्ट्रिय बजारमा समेत बढेकाले कुमाले समुदायलाई पाला बनाउन यतिखेर भ्याइनभ्याई भएको मध्यपुर थिमिका रुजेन प्रजापतिले बताउनुभयो । अहिले काठमाडौँ, पोखरा, नुवाकोट, नेपालगञ्ज, भैरहवा, काभ्रे लगायतका ठाउँबाट माग आएकाले पाला बनाउन भ्याइनभ्याई भएको उहाँको भनाइ छ ।विगतमा भक्तपुरका कुमाले बाहिर जिल्लामै गएर माटोको भाँडा बनाउने गर्दथे । कतिपय विभिन्न जिल्लामा बसोबास गरेका कुमालेले स्थानीयस्तरमै भाँडा बनाउने गरे पनि अहिले उक्त परम्परा लोपोन्मुख अवस्थामा पुगेपछि भक्तपुरमा यसको माग बढेको पुर्खौंदेखि कुमाले पेशामा लाग्दै आउनुभएका ५२ वर्षीय राजेन्द्र प्रजापति बताउनुहुन्छ ।तालाकोमा पुर्खौैंदेखि माटोको भाँडा बनाउँदै आएको उहाँको परिवारका सदस्य पनि भाँडा बनाउनै व्यस्त देखिन्छन् । कुमालेले काम गर्न भागबण्डा लाउने गरेका छन् । घरका पुरुष माटो ल्याउने, माटो मुछ्ने, भाँडा बनाउने, भाँडा पोल्ने काम गर्छन् भने महिला भाँडा सुकाउने, भाडामा रङ्ग लगाउने र भाँडाको व्यवस्थापन गर्न मै व्यस्त रहन्छन् ।अहिले भक्तपुर र थिमीका प्रजापतिले माटोका पाला, खुत्रुके, अम्बरा, धुपौरो, गमला, सुराई, कलिञ्चा जस्ता सामानको माग बढेकाले सामग्री बनाउनमै व्यस्त छन् । थोरै भाँडा बनाउनेले पनि तिहारमा रु ७५ हजारभन्दा बढी आम्दामी गर्ने गरेको र बाहिरबाट आएको माग लिएर भाँडा बनाउनेले तिहारमा मात्र रु तीन लाखदेखि रु पाँच लाखसम्म आम्दानी गर्ने गरेका छन् । 

प्रकाशित मिति: २०७४,आश्विन,२६,बिहीवार ०८:२६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

‘गामके अधिकारी तोहे बरका भैया हो, भैया हात दश पोखरी खुनाइ दिय, चम्पा फूल लगाइ दिय सामचको सामचको ऐहा हो,

काठमाडौं— नेपालमा इन्टरभेनसनल रेडियोलोजीको अन्तर्राष्ट्रिय सम्मेलन ‘एनएसभीआईआर—२०२३’ हुने भएको छ । नेपाल सोसाइटी अफ इन्टरभेन्सन रेडियोलोजीको आयोजना नेपालमा पहिलोपटक आगामी

झापा। झापाको भद्रपुरस्थित मेची नदी किनारमा उदाउँदो सूर्यको पूजा,उपासना सँगै अर्घ दिएपछि छठ पर्व सकिएको छ । उदाउँदो सूर्यदेवको पूजा

काठमाडौं । तराईबासीको ठूलो पर्व छठ बितेका केही वर्षयता देशभर मनाउन थालिएको छ । तराई तथा पहाडी मूलका सबै ब्रतालूले

ताजा समाचार

ट्याक्टरबाट लडेर एक जनाको मृत्यु
 २०८०,मङ्सिर,१३,बुधबार १६:५८