बेइजिङ । नेपालका प्रधानमन्त्री चीन भ्रमणमा रहेका बेला उत्तर कोरियाका नेता किम जोङ उन पनि मंगलवार चीन प्रस्थान गरेका छन् ।
किम जोन उङको २०१८ को यो तेस्रो भ्रमण हो । चीनको सरकारी मिडियाले किम चीन पुगेको खबर दिएको छ ।
किम जोङ उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग १२ जुनमा शिखर वार्ता गरेका थिए । कोरिया र अमेरिकाले सिंगापुरमा भएको वार्तामा कोरियाली प्रायद्वीपको परमाणु निशस्त्रीकरणलाई लिएर प्रतिवद्धता जनाएका थिए ।
चीन उत्तर कोरियाको निकट सहयोगी देश हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया