साउदीमा योगा महोत्सव, महिलाको उल्लेख्य उपस्थिति

लोकपथ
169
Shares
Saudi women practice yoga at a studio in the western Saudi Arabian city of Jeddah on September 7, 2018. Widely perceived as a Hindu spiritual practice, yoga was not officially permitted for decades in Saudi Arabia, the cradle of Islam where all non-Muslim worship is banned. But with Crown Prince Mohammed bin Salman vowing an “open, moderate Islam”, the kingdom last November recognised yoga as a sport, despite the risk of riling hardliners opposed to the practice. / AFP PHOTO / Amer HILABI

काठमाडौं । साउदी अरबमा पहिलो पटक योगा महोत्सव आयोजना गरिएको छ । किङ अब्दुल्लाह इकोनोमिक सिटीमा शनिबार आयोजना भएको सो महोत्सवमा देशभरबाट एक हजार जना अभ्यासकर्ता सहभागी भएका थिए ।

महोत्सवमा युवती र महिलाहरुको उल्लेख्य उपस्थिति थियो । योगा अभ्यास गर्न र प्रख्यात प्रशिक्षकहरुको विशेष प्रस्तुति हेर्न असंख्य उत्साही र योगा अभ्यासकर्ताहरु राजधानीमा भेला भएका थिए ।

योगा हल र केन्द्रहरुले कार्यशाला र गतिविधि आयोजना गरेका थिए । केन्द्रले योगा अभ्यास, प्रतिष्प्रर्धा र खुला हावामा ध्यान गर्न सहभागीलाई तालिम प्रदान गरेको थियो ।

अल अरेवियासँगको एउटा अन्तवार्तामा साउदी योगा कमिटीका प्रमुख नोउफ बिन्ट मुहम्मद अल मारोइले भने, ‘दुई दशकअघि नै राजधानीका विभिन्न भागमा योगा फैलिनुको कारण यो खेलप्रतिको मोह हो ।’

साउदी राजधानी शौखिन र योगा अभ्यासकर्ताका लागि एउटा ठूलो आधार देखिन्छ । साउदीमा योगा अभ्यासकर्ता र प्रशिक्षकको संख्या दशौ हजार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?