माघ २४ देखि फेरि काठमाडौं र ललितपुरका विद्यालय खोल्नुपर्ने

लोकपथ
91
Shares

काठमाडौं र ललितपुरका विद्यालयका १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरूलाई कोरोना भाइरसविरुद्धको फाइजर खोप दिएको २८ दिनपछि यही माघ २४ गतेबाट दोस्रो मात्राको खोप अभियान शुरू हुने भएको छ । यसका लागि विद्यालय फेरि खोल्नुपर्ने भएको छ । ललितपुर र काठमाडौं स्वास्थ्य कार्यालयले माघ २४ देखि दोस्रो मात्रा खोप लगाउने तयारी भएकोले त्यसपछि पनि विद्यालय खोल्न आज बिहीबार स्थानीय तहलाई पत्र पठाउने तयारी गरेको छ ।

यसअघि नै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले खोप लगाउन छुटेकालाई पुनः खोप लगाउन माघ १६ देखि २० गतेसम्म फेरि विद्यालय खोल्ने निर्णय गरिसकेको छ । काठमाडौं र ललितपुरमा पहिलो मात्रा खोप लगाउने विद्यार्थी संख्या न्यून छ । भक्तपुरमा मोडर्ना खोप अभियान सञ्चालन भइसकेको छ । नेपाल समाचारपत्रमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?