चालू आर्थिक वर्ष (आव) २०७८/७९ को दोस्रो त्रैमाससम्ममा राष्ट्रियस्तरका अधिकांश विकास बैंक खराब कर्जा घटाउन सफल भएका छन् । गत आव २०७७/७८ को दोस्रो त्रैमाससम्मको तुलनामा राष्ट्रियस्तरका आठवटा विकास बैंकमध्ये पाँचवटा विकास बैंकले खराब कर्जा घटाउन सफल भएका हुन् ।
खराब कर्जा घटाउनेमा मुक्तिनाथ, साइन रेसुङ्गा, सांग्रिला, लुम्बिनी र महालक्ष्मी विकास बैंक रहेका छन् ।
गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको तुलनामा चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा महालक्ष्मी विकास बैंकले सबैभन्दा बढी खराब कर्जा घटाउन सफल भएको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा यो बैंकको खराब कर्जा ४ दशमलव ७९ प्रतिशत भएकोमा चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ दशमलव ९ विन्दुले घटेर २ दशमलव ८९ प्रतिशतमा झरेको छ । खराब कर्जा बढी घटाउने दोस्रो स्थानमा सांग्रिला डेभलपमेन्ट बैंक रहेको छ । यो बैंकले एक वर्षको अवधिमा खराब कर्जा १ दशमलव २८ विन्दुले घटाउन सफल भएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा यो बैंकको खराब कर्जा २ दशमलव ४३ प्रतिशत भएकोमा चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ दशमलव १५ प्रतिशतमा झरेको छ ।
लुम्बिनी विकास बैंकले पनि खराब कर्जा शून्य दशमलव ८४ विन्दुले घटाउन सफल भएको छ । यो बैंकको गत आवको दोस्रो त्रैमाससम्म खराब कर्जा २ दशमलव ५१ प्रतिशत रहेकोमा चालू आवको दोस्रो त्रैमाससम्ममा घटेर १ दशमलव ६७ प्रतिशतमा झरेको हो ।
साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको खराब कर्जा शून्य दशमलव २९ विन्दुले र मुक्तिनाथ विकास बैंकको खराब कर्जा शून्य दशमलव शून्य ४ विन्दुले घटेको छ । गत आवको दोस्रो त्रैमाससम्मको तुलनामा चालू आवको दोस्रो त्रैमाससम्ममा गरिमा, कामना सेवा र ज्योति विकास बैंकको खराब कर्जा बढेको खबर आर्थिक अभियान छापिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया