भद्रपुर : मार्इखोलाले बगाएर झापामा १ जनाको मृत्यु भएको छ ।
शिवशतासी नगरपालिका- १० मा पर्ने दोमुखा बस्ने ४८ बर्षीय दावा शेर्पालार्इ मार्इखोलाले बगाउँदा मृत्यु भएको हो ।
बाढीले ल्याएको दाउरा संकलन गर्न खोलामा पसेका बेला भलले हुत्याएर लैजाँदा शेर्पाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
अहिले शेर्पाको शवलार्इ पोस्टमार्टमका लागि दमक अस्पताल ल्यार्इएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया