खोपकार्ड हराएका र नपाएका व्यक्तिले के गर्ने ?

लोकपथ
5.2k
Shares

काठमाडौं । सरकारले सार्वजनिक स्थानमा लगायत विभिन्न ठाउँमा कोरोनाविरुद्धको खोप लगाएको प्रमाण ‘खोपकार्ड’ अनिवार्य गरेपछि धेरैमा अन्योलता बढेको छ ।

एकातिर धेरैले अझै पनि खोप लगाएका छैनन् भने कतिले खोप लगाए पनि खोपकार्डको बेवास्ता गरी हराएका छन् ।

यतिबेला काेराेनाविरूद्ध खाेप नलगाएकाहरु बिहानैदेखि खोप लगाउने लाइनमा बसेका देख्न सकिन्छ भने खोपकार्ड हराएका व्यक्तिहरू खोपकार्ड बनाउनकै लागि आफूले एक पटक पनि खोप नपाएको भन्दै फेरि खोप लगाउन त्यही लाइनमा बसेका छन् ।

तर, अधिकारीहरूले खोपकार्ड हराएका र  खाेप लगाएर पनि कार्ड पाउन नसकेका व्यक्तिहरूले सहजै त्यस्तो कार्ड पाउने बताएका छन्।

तर, त्यस्ता व्यक्तिहरूले आफूले खोप लिएकै स्थानबाट कार्ड प्राप्त गर्नसक्ने स्वास्थ्य सेवा विभाग खोपशाखाले बताएकाे छ।

अन्यत्रबाट कार्ड लिन खोज्दा यकिन विवरण नहुने भएकाले आफूले खोप लगाएकै स्थानमा जान शाखाले आग्रह गरेकाे छ ।

कार्ड हराए पनि आफूले खोप लगाएको स्थानमा डाटा सुरक्षित हुने भएकाले त्यहीँ गएर खोपकार्ड लिन सकिने भएकाले अर्काे खाेप नलगाए पनि खाेपकार्ड पाइने उक्त शाखाले बताएकाे छ ।

याे पनि

‘स्मार्ट लकडाउन’को नयाँ मोडल : सार्वजनिक यातायातमा यात्रा गर्दा पालना गर्नैपर्ने ७ नियम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?