‘स्मार्ट लकडाउन’को नयाँ मोडल : सार्वजनिक यातायातमा यात्रा गर्दा पालना गर्नैपर्ने ७ नियम

लोकपथ
2.1k
Shares

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर कोरोना संक्रमणको जोखिम बढेसँगै सरकारले सार्वजनिक यातायातमा थप कडाइ गरेको छ । कोरोनाको जोखिम बढेसँगै सरकारले यसअघि जारी गरेको स्मार्ट लकडाउनलाई परिमार्जन गर्दै नयाँ आदेश जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज एक अत्यावश्यक सूचना जारी गर्दै सार्वजनिक यातायातमा सिट क्षमता भन्दा बढी यात्रु नराख्ने र सबै यात्रुलाई अनिवार्य मास्क प्रयोग गर्न निर्देशन दिएको छ ।

सार्वजनिक यातायातमा यात्रा गर्दा यी कुरा ख्याल राख्नुस् : 

१. सबै यात्रुले अनिवार्य मास्कको प्रयोग गर्ने
२. सिट क्षमता भन्दा बढी यात्रु नराख्ने
३. सवारी साधनको ढोकामा र सवारी साधनभित्र यात्रुले प्रयोग गर्नेगरी स्यानिटाइजरको व्यवस्था गर्ने
४. चालक र सहचालकले मास्क र फेससिल्ड अनिवार्य लगाउनुपर्ने
५. सवारीसाधनलाई दैनिक रुपमा निसंक्रमित गर्नुपर्ने
६. सार्वजनिक यातायातमा कुनै यात्रुले मास्क नलगाई आएमा चालक वा सहचालकले बढीमा ५ रुपैयाँ लिई मास्क उपलब्ध गराउने
७. मास्क नलाउने व्यक्तिलाई सवारी साधनमा प्रवेश गर्न नदिने

त्यसैगरी आज राति १२ बजेदेखि सबै प्रकारका आमसभा, जुलुस, भेला वा धेरै मानिसहरु भेला हुने क्रियाकलाप माघ मसान्तसम्म सञ्चालन गर्न रोक लगाएको छ ।

जिप्रका काठमाडौंले गोष्टि सेमिनार, समिक्षा बैठक जस्ता क्रियाकलाप गर्दा भर्चुअल माध्यमबाट सञ्चालन गर्न आग्रह गरेको छ । भौतिक रुपमा उपस्थित भइ गर्नुपर्ने भएमा जनश्वासस्थ्यका मापदण्ड पालना गरी २५ जना भन्दा बढी उपस्थित नहुन आग्रह गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?