विश्वको १० अनौठो तथ्य : जुन पढेर तपाईँ आँखीभौँ उचाल्नुहुनेछ

लोकपथ
286
Shares

काठमाडौं । संसार अनौठो तथ्यहरुले भरिपूर्ण छ । जति खोज्यो त्यति नै अचम्मका कुराहरु भेटिँदै जान्छन् ।

दैनिक जीवनमा हामीले देखेका, सुनेका दृश्य, ध्वनि, हामीसँग परिचित प्राणी, पृथ्वी, जल, तेज, वायु, आकाश आदि सबैको कुनै न कुनै रुपमा अनौठा विशेषता छन्, जसको बारेमा या त हामीलाई थाहा नै छैन या त हामी नजरअन्दाज गर्दै आएका छौँ ।

तर, आज हामीले यस्ता अचम्मका १० तथ्य भेटाएका छौँ जसले तपाईँलाई एक पटक सोच्न बाध्य बनाउँछ, ‘अरे यस्तो पनि हुन्छ र ?’

१) वैज्ञानिकहरुका अनुसार मानिस दुःखका कारण रुन्छन् । आँसुले कसैको रुनुको कारण बताउँछ। यदि तपाईँको दाहिने आँखाबाट पहिलो थोपा आँसु आउँछ भने, यो खुशीको आँसु हो। अन्यथा, त्यो दुखाइको कारण हो ।

२) संसारभरिका विश्वकीर्तिमानी समेट्ने ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ बुकले संसारकै सर्वाधिक बिक्री भएको पुस्तकका रुपमा आफ्नै विश्व कीर्तिमानीको रेकर्ड राखेको छ ।

३) एउटा मानिसको शरीरको पूरै रगत सकिन एकै पटक १२ लाख लामखुट्टेले टोक्नुपर्छ ।

४) ४ वर्षको बालकले एक दिनमा न्यूनतम ४ सयभन्दा बढी प्रश्न सोध्ने गर्छन् ।

५) विश्वभर भएका कमिलाहरुको तौल एकातिर र सारा विश्वमा भएका मानिसहरुको तौल एकतिर राख्ने हो भने कमिलाको तौल मानिसहरुको भन्दा बढी छ ।

६) विश्वभरका ५४ मिलियन मानिसहरु जो अहिले जिउँदो छन् १२ महिनासम्ममा उनीहरुको मृत्यु भइसकेको हुनेछ ।

७)  ‘THE QUICK BROWN FOX JUMPS OVER THE LAZY DOG’  (द क्वीक ब्राउन फक्स जम्पस ओभर द लेजी डग) शब्दमा अंग्रजी अल्फाबेटको सबै शब्द प्रयोग भएको छ ।

८) विश्वमा भएका सातवटै महादेशको नाम जुन अक्षरबाट सुरु हुन्छ त्यही अक्षरमा समाप्त हुन्छ ।

९) ब्राजिलको झण्डामा १२ वटा फरक फरक रङको प्रयोग भएको छ ।

१०) तपाईँले आफूले आफ्नो सास रोकेर आफ्नो हत्या गर्न सक्नुहुन्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?