पुट्ठा बढाउन चिकेन सुपको इन्जेक्सन

लोकपथ
8.2k
Shares

काठमाडौं । चिकेन सुप भन्नेबित्तिकै हामी पिउने खानेकुरा, त्यो पनि जाडोमा भन्ने नै सम्झन्छौँ ।

अफ्रिकाका युवतीहरूमा शरीरलाई आकर्षक बनाउन चिकेन सुपलाई  इन्जेक्सनमार्फत लिने नयाँ फेसन ट्रेन्ड व्यापक भइरहेको छ ।

आफ्नो शरीरको पुट्ठालाई आकर्षक देखाउन चाहने युवतीहरूले चिकेन क्युबलाई पानीमा घोलेर इन्जेक्सनमार्फत पुट्ठामा लगाउने गरेका छन् ।

अफ्रिकाका अधिकांश मुलुकका युवतीहरूमा पुट्ठा ठूलो हुँदा आकर्षक भइने मान्यता बढेको कारणले पनि यो विधिलाई व्यापक रूपमा अँगाल्न थालेका छन् ।

अफ्रिकन युवतीहरूमा डान्स रेस्टुरेन्ट वा पबमा नाच्दा पुट्ठालाई ट्वेर्किङ गर्दा वा टाइट लुगा लगाएर पुट्ठालाई ठूलो देखाउने चलन फेसनको रूपमा बढेको छ ।

यसका लागि युवतीहरूले चिकेन स्टक क्युव त्यसमा पनि विशेषत म्यागी कम्पनीको बढी प्रयोग गर्ने गरेका छन् ।

उक्त चिकेन स्टकमै रहेको नुन, चीनी, मरीच, तेल र अन्य स्वादिलो बनाउने पदार्थलाई पानीमा घोलेर इन्जेक्सनमार्फत लगाएपछि भित्र गएर जम्ने गर्छ । धेरै पटक यही प्रक्रिया गरेपछि मात्र युवतीले आफ्नो पुट्ठालाई ठूलो र आकर्षक बनाउन सक्छिन् ।

लामो समयदेखि अफ्रिकाका युवतीहरूले आफ्नो पुट्ठालाई ठूलो बनाउन यही तरिका अपनाइरहेका थिए । तर हालै सामाजिक सञ्जालमा यसको छोटो भिडियो सार्वजनिक भएपछि एक पटक यो ट्रेन्ड बहसको रूपमा देखा परेको छ ।

महिलाहरूले पुट्ठालाई ठूलो बनाउन अपनाएको यो विधि स्वास्थ्यको दृष्टिकोणले निकै खतरनाक भएको चिकित्सकहरूले अहिले बताउन थालेका छन् ।

भिडियाेमा पनि हेर्नुहाेस्

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?