१०७ वटी श्रीमती र १८५ बच्चा भएका बेल्लोको अर्को बिहे गर्ने चाहना

नाइजेरिया । मोहम्मद बेल्लो अबबुकर नाइजेरियनका विवादित पुरुष हुन् । उनको उमेर ९२ वर्ष भएको छ, र उनका श्रीमती मात्रै १०७ वटी छन् भने बच्चा १८५ जना छन् ।

यसका बावजूद मोहम्मद बेल्लोले अर्को बिहे गर्ने चाहना राखेका छन् । ९२ वर्षीय बेल्लोले भनेका छन् कि, अझै म मरेको छैन, पूरै तरिकाले जिउँदो छु, बिहे गर्न जारी नै राख्नेछु ।

बेल्लोले यसरी बिहे गर्ने ईश्वरको हुकुम भएको बताउँछन् । केही इस्लामिक अधिकारीसँग बेल्लोको झगडा पनि भइसकेको छ । बेल्लोको परिवारलाई सिंगो समुदायका रुपमा हेरिन्छ । हालै उनको मृत्युको खबर पनि फैलिएको थियो ।

पछि बेल्लोले आफ्नो मृत्युको खबर अन्जान विरोधीले फैलाएको बताए । मिडियामा के खबर आएको थियो भने, १८५ छोराछोरीका पिताको मृत्यु भएको छ ।

यस खबरलाई लिएर मोहम्मद बेल्लोले पत्रकारसँग आफू पूर्ण रुपमा जिउँदो भएको बताए । ‘जसले मेरो मृत्युको खबर फैलाएको छ, उसलाई अल्लाहले मलाई के गरे र उसका लागि के गरिरहेका छन् ।’

साथै बेल्लोले जहिलेसम्म सक्छन्, त्यो समयसम्म यो कार्य अन्त्य नगर्ने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?