बडीबिल्डर जो पुतलीसँग विवाह गर्न रुचाउँछन्

लोकपथ
7.5k
Shares

मानिसका सोख र रहरहरू पनि कहिले काहीँ विचित्रै किसिमको हुने गर्छ । उनीहरूको त्यस्तो स्वभावलाई सुन्ने र देख्नेहरूले त्यसलाई पागलपनकै संज्ञा दिने समेत गर्छन् ।

यस्तै किसिमको अनौठो काम गरेर पागलपनको संज्ञा पाएका छन् काजकिस्तानका बडी बिल्डर यूरी तोलोच्कोले । ३६ वर्षीय बडी बिल्डर यूरीले पागलपनको संज्ञा पाउनुको मुख्य कारण भनेको वयस्क आकृतिका डल मन पराउनु नै हो । यूरीलाई वयस्क डल मन पर्ने मात्र होइन उनले यस्ता २ वटा डलसंग विवाह समेत गरिसकेका छन् र उनी डलसंगै नै खाना खाने, घुम्न जाने र सँगै सुत्ने समेत गर्छन् ।

भिडियो हेर्नुहोला

यूरीले पहिलो पटक मार्गोट नाम गरेको वयस्क डलसंग विवाह गरेका थिए । विवाह समारोहकै आयोजना गरेर विवाह गरेको मार्गोटसंग उनको वैवाहिक जीवन लामो समय चल्न सकेन । मार्गोटसंगको सम्बन्ध विच्छेद गरेपछि यूरीले लूना नाम गरेको अर्को वयस्क डलसंग विवाह गरे । यो विवाह समारोहमा पनि उनले आफ्ना घनिष्ठ मित्र र आफन्तहरूलाई निमन्त्रणा गरेका थिए । विवाह पछि यूरीले लूनालाई हनिमुनमा लगेका थिए । हनिमुनकै क्रममा उनको आकर्षण लोला नाम गरेको अर्को वयस्क डलसंग भयो । त्यो हनिमुनको बेला यूरीले दुवै प्रेमीका डलको साथमा रहेका तस्बिरहरू सामाजिक सञ्जालमा पोस्ट गरेका थिए ।

वयस्क डलसंगको उनको आकर्षण र प्रेमलाई सामाजिक सञ्जालमा खिल्ली उडाउने गरिएको छ । कतिपयले उनलाई पागलको संज्ञा समेत दिने गरेका छन् । डेली स्टार अनलाइनसँग कुराकानी गर्दै यूरीले आफ्नो डलहरु प्रतिको आकर्षणलाई लिएर पागल भन्नु नै गलत बताउँछन् । मेरो विषयमा विभिन्न ट्रोलहरु बनाउँछन् । मानसिक रूपमा म धेरै नै स्वस्थ छु उनी भन्छन् । म एक्लै भएको कारण यस्तो किसिमको जीवनशैली बिताइरहेको छु समेत भन्छन् । तर मलाई यस्ता किसिमका डलहरुसंग प्रेम रहेको छ । यो मेरो जीवनको सामान्य जीवनशैली नै हो यूरी भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?