विमान भित्रै कोभिड भएपछि

लोकपथ
559
Shares

विमानमा यात्रा गर्दा कोरोना भयो कि भनेर र्‍यापिड टेस्ट गर्दा एक महिलालाई कोभिड सङ्क्रमण पुष्टि भएको छ । कोभिड पुष्टि भएपछि उक्त महिलाले उडिरहेको विमानको शौचालयमा आफूलाई ५ घण्टा आइसोलेट गर्न परेको थियो ।

अमेरिकाको मिसिगनवाट अइसल्याण्ड जाने क्रममा मारिसा फोटियोले बोर्डिङ पास लिनु भन्दा अगाडी दुई पटक आरटी–पीसीआर टेस्ट र ५ पटक त र्‍यापिड टेस्ट मात्र गरेकी थिइन् । यी सबै टेस्टमा कोभिड नेगेटिभ आएपछि उनी विमानको यात्रामा लागेकी थिइन् । विमान उडेको डेढ घण्टामै उनलाई घाँटीमा खसखस हुन थाल्यो । उडिरहेको विमान भित्रै उनले र्‍यापिड टेस्ट गर्दा उनमा कोभिड देखियो । कोभिड देखिएपछि उनलाई ५ घण्टा विमानकै शौचालयमा आइसोलेसन बस्न लगाइयो ।

अहिले युरोप र अमेरिकामा ओमिक्रोनको संक्रमण बढेपछि विमानमा यात्रा गर्ने व्यक्तिहरूको कोभिड परीक्षणलाई विशेष बनाइएको छ । अशिक्षित क्षेत्रका बासिन्दाको अध्यापन पेसामा लागेकी फोटियोले कोभिडको दुवै भ्याक्सिन लगाएर बुस्टर डोज समेत लगाइसकेकी थिइन् । गन्तव्यमा पुगेपछि उनी घरमै आइसोलेसनमा बसेको द ट्रिब्युन समाचार संस्थाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?