नर्भिकमा युरोलोजी टिमको फ्रि ओपीडी हुने, पत्थरीको शल्यक्रियामा विशेष सहुलियत

लोकपथ
0
Shares

काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलले पुस महिनाभरि मिर्गौला, मूत्रनली र मूत्रथैली केन्द्रित फ्रि ओपीडी सेवा सञ्चालन गर्ने भएको छ ।

यही योजनाअनुसार शनिबार (भोलि) नर्भिककोे युरोलोजी टिमले निःशुल्क ओपीडी सञ्चालन गर्ने अस्पतालले जनाएको छ ।

निःशुल्क ओपीडी सेवामा युरो सर्जरी विशेषज्ञद्वय डा. सञ्जिवभक्त विष्ट र डा. सुनिल श्रेष्ठले सेवा दिनेछन् ।

शनिबार बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म २ घण्टा निःशुल्क ओपीडी सञ्चालन हुनेछ ।

मिर्गाैला, मूत्रनली र मूत्रथैलीमा पत्थरी तथा अन्य समस्या भएकाहरुले निःशुल्क ओपीडीमा सहभागी भई निःशुल्क परामर्श सेवा लिन सक्नेछन् ।

नर्भिकले अस्पतालमा उपलब्ध मिर्गौलाको पत्थरीका विभिन्न शल्यक्रिया विधिहरुमा पुस महिनाभरि विशेष छुटको समेत घोषणा गरेको छ ।

नर्भिक अस्पतालमा सानो प्वाल बनाई मिर्गौलाको पत्थरी निकाल्ने प्रविधि मिनी पीसीएनएल तथा अल्ट्रा मिनी पीसीएनएल उपलब्ध छ ।

यस्तै, घाउ नगरी मूत्रनलीको पत्थरी लेजरले धूलो बनाउने विधि, घाउ नगरी मिर्गौलाको पत्थरीको उपचार गर्ने विधि तथा घाउ नगरी मूत्रथैलीको पत्थरी निकाल्ने प्रविधि समेत उपलब्ध छ ।

निःशुल्क ओपीडीमा सहभागी हुने बिरामीहरुले माथि उल्लिखित विभिन्न विधिहरुबाट शल्यक्रिया गर्दा विशेष छुट पाउने अस्पतालले जनाएको छ ।

नर्भिक अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विगत केही महिनादेखि प्रत्येक शनिबार निःशुल्क ओपीडी सेवालाई सञ्चालन गर्दै आएको छ । निःशुल्क ओपीडी सेवामा सर्वसाधारणको आकर्षण रहेको छ ।

निःशुल्क ओपीडी सेवा लिन चाहनेले नर्भिक अस्पतालको कल सेन्टरको नम्बर ५९७००३२ मा सम्पर्क गरेर आफ्नो नाम अग्रीम टिपाउन सक्ने सुविधा समेत उपलब्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?