कतै तपाईंलाई प्रेमिकाले ढोका दिइरहेको त छैन ?

 प्रेमिकालाई धेरै शंका गरेको कारण सम्बन्ध नै टुट्ने गरेको धेरैले सुनेको र देखेका छौँ । तर, यदि कुनै कुरा ठूलो छ भने शंका नगरि नहुने पनि हुनसक्छ । आफ्नो डर वास्तविक हो कि होइन भन्ने कुरा थाहा पाउने तरिका यहाँ दिइएका छन्ः

१. यदि उनी संकोचीमा परिणत भइन् भने र उनी आफूले फोनमा गर्ने कुराहरुलाई लुकाउन चाहन्छिन् र फोनमा कुरा गर्दा प्रत्येक पल्ट कोठाबाट बाहिर निस्कन्छिन् ।

२. यदि उनलाई तपाईंले नै फोन र मेसेज पठाउनुपर्छ र उनले यसो गर्नको लागि केहि कदम नचालेको अवस्था हो भने यो नराम्रोको संकेत हो ।

३. यदि उनी प्रत्येक पल्ट झगडा मात्र गर्न खोज्छिन् भने कुरा बुझ्नुहोस्  ।

४. यदि उनलाई तपाईंले झुटो बोलेको समात्नुभयो भने उनलाई तपाईंले शंका गर्नु जरुरी छ ।

५. यदि तपाईंहरु दुबैजनाले चिनेको पुराना साथीहरुसँगको उनको व्यवहारमा परिवर्तन आएको खण्डमा ।

६. यदि तपाईंकी प्रेमिकाले आफ्नो बनावटा जस्तै मेकअप, नयाँ लुगामा अचानक चिन्ता व्यक्त गर्न थालिन् भने उनले तपाईंलाई देखाउन चाहेको पनि हुनसक्छ | तर तपाईंभन्दा बाहेक अरुसँग बाहिर निस्कनुपर्दा धेरै समय खर्च गर्छिन् भने उनले अरु कसैलाई नै प्रभावित गर्न चाहेको भनेर बुझ्नुहोस् ।

-एजेन्सीको सहयोगमा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?