अनौठो: यहाँ निस्किन्छ जमिनबाट ग्यास, एक परिवारले लुटिरहेछन् मजा

छिमेकी देश भारतको एक स्थानमा जमिनबाट आफै ग्यास आइरहेको छ । उक्त ग्यास आउने ठाउँबाट एक परिवारले पछिल्लो तीन वर्षदेखि खाना पकाइरहेका छन् ।

जमिनी ग्यासका कारण यो परिवारलाई इन्धनका लागि एक रुपैयाँ पनि खर्च गर्नुपरेको छैन ।

यो ग्यास आउने ठाउँ मध्ये प्रदेशको दमोह अन्तर्गत पर्छ । तर, त्यो ग्यास एक परिवारले मात्रै प्रयोग गरिरहेका छन् । सिलिन्डर या इन्धनमा समेत एक रुपैयाँ खर्च गर्न नपरेपछि परिवार दंग देखिएको छ ।

एक गाउँलेले भने अनुसार ती ग्यासमा पकाइरहेका व्यक्तिले आफ्नो खेतमा बोर वेल मेसिन जडान गरेका थिए । त्यहाँ केही समय पानी आयो, पानीका लागि नै उनले बोर वेल गराएका थिए ।

एक दिन उनी बोर वेल गराएको खेतमा पुगे, त्यहाँबाट एक फरक खालको आवाज आइरहेको थियो । त्यहाँ अजिबको गन्ध पनि आइरहेको थियो । तत्कालै उनले थाहा पाए, त्यो गन्ध अरु केही नभएर एलपी ग्यासको हो ।

त्यसपछि उनले पाइप हालेर त्यहाँबाट खाना पकाउन प्रयोग गरिरहेका छन् । एकातिर चुल्हो लगाइदिए, पाइप झण्डै पन्ध्र फिट लामो छ ।

त्यसदिन देखि आजसम्म दुर्गा सिहं लोधीको परिवारलाई खाना पकाउन ग्यास किन्नुपरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?