कुन देशका नागरिकले बढी मदिरा पिउँछन् ?

लोकपथ
949
Shares

हालै गरिएको विश्वव्यापी ड्रग सर्वेक्षण अनुसार अस्ट्रेलियन विश्वमै सर्वाधिक मदिरा सेवन गर्नेमा परेका छन् । सर्वेक्षण अनुसार दोस्रोमा डेनमार्क र तेस्रोमा फिनल्यान्डका नागरिक देखिए भने अमेरिका र बेलायतका नागरिक मदिरा सेवनमा क्रमशः चौथो र पाँचौँ स्थानमा परेका छन् ।

विश्वका २२ राष्ट्रका ३२ हजार व्यक्तिमा गत डिसेम्बर देखि यो वर्षको मार्च महिनासम्म भएको सर्वेक्षणको नतिजा हालै सार्वजनिक गरिएको हो । कोरोनाको महामारीको बेला मानिसहरू स्वास्थ्यको विषयमा बढी सजग भएको बेलामा यो सर्वेक्षण भएको थियो । सर्वेक्षण अनुसार अस्ट्रेलियन वर्षमा औसत २७ पटक मदिरामा झुम हुने गरेको पाइयो । विश्वको औसत मानिस मदिरामा वर्षमा १५ पटक झुम हुने गरेको पाइए पनि अस्ट्रेलियनको सङ्ख्या लगभग दोब्बर भएको पाइयो । अष्ट्रेलियनले सातामा दुई दिन मदिरामा अत्यधिक झुम हुने गरेको बताएका थिए ।

मदिरा पिएर भोलिपल्ट सर्वाधिक पश्चात्ताप गर्नेमा आयरल्यान्डका नागरिक देखिए । मदिरा सेवन गरेको भोलिपल्ट २८ प्रतिशत भन्दा बढीले पश्चात्ताप गर्ने गरेको बताए । यसरी पश्चात्ताप नगर्नेमा भने डेनमार्कका नागरिक देखिए ।

मदिरा सेवन गर्ने बित्तिकै आफूलाई नशा लाग्ने गरेको ४९ प्रतिशतले स्वीकार गरेका छन् । ६ प्रतिशतले कोभिड सङ्क्रमणको डर भएर नपिएको बताए । तपाईँले गत वर्ष कति पटक मदिरा सेवन गर्नु भयो भन्ने प्रश्नमा फ्रान्सका नागरिकहरू अगाडी देखिए । उनीहरूले गत वर्ष १ सय ३२ पटक मदिरा सेवन गरेको बताए भने न्यूजिल्याण्डका नागरिकले १ सय २० पटक पिएको बताएर दोस्रो स्थानमा रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?