समुन्द्र भित्रका भयानक जीवहरू सार्वजनिक

लोकपथ
2.3k
Shares

वैज्ञानिक खोजले जमिन माथिकै धेरै विषयहरू अनुसन्धान गर्न सकेको छैन भने समुन्द्रको संसार त अझैँ पनि रहस्यमय नै रहेको छ । समुन्द्रको संसार कति रहस्यमय छ भन्ने कुरा हालै रसियाका एक माझीले आफूले समुन्द्रमा माछा मार्ने क्रममा जालमा फसेका अनौठा जीवहरूको तस्बिर सार्वजनिक गरेपछि नै थाहा भयो ।

रसियाका ३९ वर्षीय माझी रोमन फेडोरत्सोवले विभिन्न समयमा समाएका समुन्द्री जीवहरूको तस्बिरलाई सामाजिक सञ्जालबाट पोस्ट गर्दा ती जीवहरू अहिले भाइरल भइरहेका छन् । करोडौँ मानिसले पहिलो पटक देखेको यस्ता जीवहरू कुनै फाष्टफुड खाना जस्तै थिए भने कुनै अत्यधिक डरलाग्दा किसिमका छन् । रोमनको सामाजिक सञ्जालमा पोस्ट गरेका समुन्द्रका अनौठा जीवहरूको तस्बिर यस्तो रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?