बलिउडदेखि हलिउडसम्म यी सुपरस्टारले गुमाए एड्सका कारण ज्यान

लोकपथ
3.5k
Shares

काठमाडौं । आज विश्वभर एड्स दिवस मनाइँदै छ । विश्व एड्स दिवस पहिलो पटक सन् १९८८ डिसेम्बर १ मा मनाइएको थियो ।

यो दिवस मनाउनुको उद्देश्य एचआईभी वा एड्सभएर बाँचिरहेका मानिसहरूलाई मदत गर्नु र एड्ससँग सम्बन्धित अफवाहहरू हटाई मानिसहरूलाई शिक्षा दिनु हो।

एड्सको पूरा नाम ‘Acquired Immune Deficiency Syndrome’ हो। एड्सभाइरसबाट उत्पन्न हुनेलाई ह्युमन इम्युन डेफिसिएन्सी भाइरस (एचआईभी) भनिन्छ। यो एक संक्रामक यौन रोग हो। यस रोगबाट विश्वभर धेरै जना सिकार भएका छन् । धेरै सेलिब्रेटीहरु पनि यो रोगको सिकार भएका छन् ।

पेड्रो जामोरा :

पेड्रो जामोरा

पेड्रो जामोरा एक प्रसिद्ध अमेरिकी टीभी सेलिब्रेटी थिए। पेड्रोले खुलेर आफू समलिङ्गी भएको स्वीकार गरेका छन् । पेड्रो एड्सबाट पीडित थिए र ११ नोभेम्बर १९९४ मा मृत्यु भएको थियो ।

जिया सारंगी :

जिया सारंगी

चर्चित अमेरिकी मोडल जिया सारंगीको पनिएड्सका कारण मृत्यु भएको हो । सन् १९८५ मा निमोनियाका कारण उनलाई अस्पतालमा भर्ना गरिएको थियो, जहाँ डाक्टरहरूले उनको शरीरमा एचआईभी भाइरस फेला पारे । त्यसको केही समयपछि अर्थात् १८ नोभेम्बर १९८६ मा उनको मृत्यु भएको थियो ।

निशा नूर :

निशा नूर

८० को दशकमा दक्षिण भारतीय फिल्म उद्योगमा चर्चित अभिनेत्री निशा नूर कुनै समय हिट अभिनेत्रीको सूचीमा परेकी थिइन् । निशा नूरको पनि एड्सका कारण मृत्यु भएको थियो । सन् २००७ मा निशा नूर एक दरगाह बाहिर भेटिएकी थिइन् । अस्पतालमा ल्याउँदा निशालाई एड्स भएको पत्ता लागेको थियो र जसका कारण उनको अवस्था झन बिग्रँदै गयो । त्यसपछि सन् २००७ मा निशा नूरले यो संसार छोडिन् । उनलाई एक निर्माताले वेश्यावृत्तिमा धकेलेको र त्यहीँबाट उनलाई एड्स भएको बताइएको छ ।

आर्थर एशे :

आर्थर एशे

आर्थर रोबर्ट एशे टेनिसमा उच्च स्तरमा खेल्ने पहिलो अफ्रिकी–अमेरिकी खेलाडी थिए। सन् १९८८ मा उनलाई एचआईभी पोजिटिभ पत्ता लागेको थियो । मुटुको शल्यक्रिया गर्दा एचआईभी संक्रमित रगत ट्रान्सफ्युजनका कारण पाँच वर्षअघि उनलाई यो रोग लागेको अनुमान गरिएको छ । सन् १९९३ मा एड्सका कारण निमोनिया भयो र फेब्रुअरी ६ मा न्यूयोर्कको अस्पतालमा उनको मृत्यु भयो।

रक हडसन :

रक हडसन

रक हडसन १९५० र ६० को एक लोकप्रिय अभिनेता थिए। उनले डोरिस डे, जुली एन्ड्रयूज, एलिजाबेथ टेलर जस्ता पर्दामा सबैभन्दा लोकप्रिय अभिनेत्रीहरूसँग रोमान्स गरे। सन् १९८५ मा एड्ससम्बन्धी जटिलताका कारण हडसनको मृत्यु भएको थियो ।

यो पनि पढ्नुहोस् : विश्व एड्स दिवस : नेपालमा के-के भए एचआईभी निवारणका प्रयास ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?