युट्युबरले प्रेमीकालाई दिए २३ लाख रुपैंयाको नोटको बुके

लोकपथ
195
Shares

एक युट्युबरले आफ्नो प्रेमीकाको जन्मदिनको अवसरमा १० लाख पेसो (२३ लाख ६१ हजार रूपैंया) को नोटको बुके उपहारमा दिएका छन् ।

फिलिपिन्सका युट्युब भ्लगर भोन ओर्डोनाले आफ्नो प्रेमिकालाई आश्चर्य चकित पार्न नोटले बनाइएको बुके उपहारमा दिएका हुन् । २० लाख सब्सक्राइबर भएको युट्युब च्यानल चलाइरहेका भोन ओर्डोनाले ५ सय र १ हजार पेसोको नोटको प्रयोग गरेर बुके बनाएका थिए । उक्त बुके ६ फिट अग्लो थियो ।

मेरो प्रेमलाई १० लाख फुलको उपहारले पनि तुलना गर्न सक्दैन भनेर भोनले नोटले बनेको बुके निर्माण गराएका थिए ।

पप गायिका कार्लिन ओकाम्पोसंग लामो समय प्रेम सम्बन्धमा रहेका भोनले पहिलो पटक उनको २७ औं जन्मोत्सव साथै मनाएका हुन् । दक्षिण कोरियामा स्थापना भएको महिला साङ्गीतिक समूह जे–गर्ल ब्यान्डको सदस्य समेत रहेकी कार्लिन अहिले गर्भवती रहेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?