भारतमा एक शिक्षकले बनाए आफ्नी श्रीमतीका लागि सानो ताजमहल, चौतर्फी चर्चा

लोकपथ
3.4k
Shares

काठमाडौं । विश्वका सात आश्चर्यमध्येको एक ताजमहल मुगल सम्राट शाहजहाँले आफ्नी पत्नी मुमताज महलको सम्झनामा निर्माण गरेका थिए ।

तर शताब्दीयौंपछि, अर्का एक व्यक्तिले भारतको मध्य प्रदेशमा आफ्नो जीवनसाथीलाई उपहारको रूपमा मनमोहक प्रतिकृतिको सानो ताजमहल बनाएका छन्। उक्त मनमोहक संरचनाका तस्बिर र भिडियोहरू अहिले सामाजिक सञ्जालमा निकै चर्चामा रहेको छ ।

मध्य प्रदेशको बुरहानपुरका ५२ वर्षिय स्कुल शिक्षक आनन्द प्रकाश चौकसेले २९ फिट अग्लो गुम्बजसहितको दुईतले घर आफ्नी श्रीमती मञ्जुषालाई समर्पण गरेका छन् ।

जुन झट्ट हेर्दा ताज महलजस्तै देखिन्छ । उक्त घर अहिले साने ताजमहलका नामले चर्चामा छ ।

MP teacher builds mini replica of Taj Mahal, dedicates it to wife |  Trending News,The Indian Express

चार शयनकक्ष, भान्छाघर, पुस्तकालय, अन्य कोठाहरू र बाहिर चारवटा मीनारहरू भएको भव्य घर बनाउन उनलाई तीन वर्ष लागेको उनी बताउँछन् ।

‘मैले यो घर बनाउने विस्तृत अध्ययन गर्न धेरै पटक ताज महलको भ्रमण गरेको छु र इन्जिनियरहरूले यसलाई नक्कल गर्न संरचनाको थ्रीडी भिजुअलहरू अध्ययन गरेको थिए’, उनले भने।

हेर्नुहोस् तस्बिर : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?