खन्चुवा ग्राहकलाई रेस्टुरेन्टमा प्रतिबन्ध

लोकपथ
0
Shares

एक रेस्टुरेन्टले आफ्ना ग्राहकलाई आकर्षित गर्न ल्याएको निश्चित रकम तिरेर पेटभरि खान दिने योजनालाई एक ग्राहकले विफल बनाइदिएका छन् ।

चीनको चाङ्सा सहरमा सञ्चालनमा रहेको हण्डाडी सी फुडले ग्राहकलाई आकर्षित गर्न वार्बिक्यु बफेट सञ्चालनमा ल्याएको थियो । यो बफेटमा ग्राहकले निश्चित रकम तिरेपछि भर पेट खाना खान पाउने योजना रहेको थियो ।

रेस्टुरेन्टको योजना अनुसार स्थानीय काङ नाम गरेका ग्राहकले पहिलो दिनमै डेढ किलोग्राम सुँगुरको मासु खाए । दोस्रो दिन उनले ४ किलोग्राम झिँगे माछा खाए । भाडामा कुनै पनि खानालाई खेर नफाली सबै खाना खान थालेपछि उनलाई रेस्टुरेन्टका सञ्चालकले निगरानीमा राखे । रेस्टुरेन्टका सञ्चालक भन्छन् – यी व्यक्तिले यहाँ आएर योजना अन्तर्गतको खाना यसरी खाए की मैले सैयौं युवान घाटा बेहोरी रहेको छु । अरू ग्राहक २–४ पिस लिन्छन् भने उ ट्रेमा राखेको सबै खाना लिन्छन् र खान्छन् । उसको खान्की यस्तो छ कि उ एक पटकमै भटमासको दूध २० देखि ३० बोतल सम्म खाइदिन्छन् । उसको अत्यधिक खानपिनकै कारण आफू टाट पल्टिएला भनेर उसलाई रेस्टुरेन्टमा आउन बन्द गरेको सञ्चालकले बताए ।

काङ मुलतःः खानेकुरा धेरै खाएर भिडियो बनाउने व्यक्तिमा पर्छन् । उनी ब्यवशायिक रूपमै यो क्षेत्रमा लागेका छन् । यस्ता व्यक्तिहरूकै कारण आफू टाट पल्टिएला भनेर उनलाई प्रतिबन्ध लगाउनु परेको सञ्चालकले स्थानीय सञ्चार माध्यमलाई जनाए ।

रेस्टुरेन्ट मालिकले आफूलाई प्रतिबन्ध लगाएपछि काङले आफूलाई रेस्टुरेन्ट सञ्चालकले अवहेलना गरेको आरोप लगाएका छन् । कसैको खानपिन बढी हुन्छ भनेरै प्रवेश निषेध गर्न नपाइने उनको तर्क छ । अरू रेस्टुरेन्टले आफ्नो खानपिनमा त्यस्तो किसिमको प्रश्न राखेर आउन नदिएको आफूलाई थाहा नभएको उनले बताए ।

म धेरै खान सक्छु यो मेरो गल्ती त होइन । फेरी सञ्चालकले ल्याएको योजना अन्तर्गतकै खानेकुराहरू आफूले खाएको उनको तर्क छ ।

काङको खानपिनको विषय चीनको सामाजिक सञ्जालमा भाइरल भएपछि अहिले यसमा बहस भइरहेको छ । कोही रेस्टुरेन्ट सञ्चालकको पक्षमा लागेर यदि यस्तै ग्राहक मात्र आउने हो भने रेस्टुरेन्ट मालिकलाई धेरै नै घाटा हुने बताइरहेका छन् । कोही काङको पक्षमा पनि रहेका छन् । रेस्टुरेन्ट सञ्चालकले आफ्नो योजना अनुसार ग्राहकलाई सेवा दिनु पर्ने बताइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?