बाँदरको पीडा विश्वकै सर्वोकृष्ट ठहरियो

लोकपथ
29.2k
Shares

एक सुनौलो रङ्गको बाँदर तारको मध्य भागमा बस्दा भएको पीडालाई कैद गरेको तस्बिरले यो वर्ष आयोजना भएको ‘कमेडी वाइल्डलाइफ फोटोग्राफी एवार्ड’ का उत्कृष्ट हुन सफल भएको छ ।

बेलायतका एमेच्योर फोटोग्राफर केन जेनसेनले खिचेको उक्त तस्बिरले ७ हजार प्रतियोगी तस्बिरहरूलाई पछि पार्न सफल भएको थियो । जेनसेनले दक्षिण पश्चिम चीनको युनान प्रान्तको झुन नदीमा रहेको पुलको तारमा चढेको बाँदरको पिडालाई तस्बिरमा देखाएका थिए ।


प्रतियोगितामा पुरस्कृत भएका तस्बिरहरूमा परेवाको अनुहार सुकेको पातले छोपिएको अवस्थाको तस्बिर खिचेर जोन स्प्रेयर्सले ‘पिपुल च्वाइस एवार्ड’ हात पारेका थिए । यस्तै ब्लेड इगलको आक्रमणमा पर्ने बेलामा परिरि डगले सलेण्डर गर्न लागेको दृश्य कैद गरेर अर्थर त्रिभिनोले पनि सोही क्याटोगरीको एवार्ड हात पारेका थिए । विभिन्न क्याटोगरीमा आयोजना भएको यो प्रतियोगितामा पुरस्कृत भएका तस्बिरहरूमा हास्य रस रहेको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?